६ कार्तिक २०८३, शुक्रबार

पूर्व प्रधानमन्त्री नेपाल स्वदेश फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madav nepalकाठमाडौँ, ४ मंसिर । भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको १२५ औँ जन्मोत्सवका अवसरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका लागि नयाँ दिल्लीमा जानुभएका नेकपा एमालेका नेता माधवकुमार नेपाल गए राति स्वदेश फर्कनुभएको छ ।

गत कात्तिक ३० गते भारत जानुभएका उहाँ बुधबार राति स्वदेश फर्कनुभएको हो । सम्मेलनमा वरिष्ठ नेता नेपालले नेहरूको विश्वदृष्टिकोण, लोकतन्त्र, समावेशीता र सशक्तीकरणका लागि उहाँको योगदान विषयमा धारणा राख्नुभएको थियो ।

त्यहाँ रहँदा उहाँले भारतीय काँग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीलगायत नेता र उच्च अधिकारीसँग भेटवार्ता गर्नुभएको उहाँका सहयोगी मोहन गौतमले जानकारी दिनुभयो ।