१२ मंसिर २०८३, शनिबार

वैदेशिक रोजगार विभागका अधिकृत र सुव्वा दश लाख घुससहित पक्राउ

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका छन् ।

मंगलबार साँझ नयाँ बानेश्वरस्थित इन्द्रणी फुलल्याण्डबाट पौडल र केसीलाई पक्राउ गरिएको हो । घुस लिँदालिँदै पक्राउ परेका पौडेल र केसीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

घुस रकम के कति प्रयोजनका लागि लिइएको भन्ने अनुसन्धान भइरहेको छ ।