२ कार्तिक २०८३, सोमबार

६० वर्षपछि इटालीलाई झट्का, विश्वकमप फुटबल छनौटमा असफल

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २९ कात्तिक । पूर्वविश्वविजेता इटाली ६० वर्षपछि पहिलो पटक विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन असफल भएको छ । इटाली सन् १९५८ यता पहिलो पटक विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन असफल भएको हो ।

स्वीडेनविरूद्ध घरेलु मैदान सान सियारोमा भएको प्ले अफको दोस्रो लेगको खेल गोलरहित बराबरीमा सकिएपछि इटाली छनोट हुन असफल भएको हो ।

पहिलो लेगमा स्वीडेनलाई १० ले नतिजा सुम्पिएपछि इटालीको विश्वकप यात्रा धरापमा परेको थियो । दोस्रो लेगमा इटालीलाई स्वीडेनविरूद्ध २ गोलअन्तरको नतिजा निकाल्नु पर्ने थियो ।

तर, स्वीडेनले आफू अनुकुल नतिजा निकाल्दै गोलरहित बराबरीमा रोकिदियो । दोस्रो भएपछि प्ले अफमा धकेलिएको थियो ।

विश्वकप यात्रा तुहिएपछि इटालीका भेट्रान गोल किपर बुफोनसिहतका खेलाडीले रूँदै मैदान छाडेका थिए भने समर्थकहरू आक्रोशित भएका छन् । – एजेन्सी