महोत्तरी, ४ मंसिर । महोत्तरीको हात्तिलेट– १ मा एक वृद्धको शव फेला परेको छ । उखुबारीमा ६५ वर्षीय वृद्धको शव फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए ।
मृतकको नाम वतन खुल्न नसकेका वृद्धाको शव बुधबार फेला परेको प्रहरीले जनाएको छ । वृद्धा उखु खेतमै करीब २० दिनअघिदेखि बस्दै आएको घटनाको प्रकृतिले देखाएको प्रहरी भनाइ छ ।
मृत्तकले दिमागी सन्तुलन गुमाएकाले बाटो भुलेर उखुबारीमै भोकले मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । सिलाएको हरियो लुङ्गी लगाएका उनको साथबाट नवाज पढ्दा लगाउने टोपी फेला परेको छ ।















प्रतिक्रिया