३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीसँग मध्यपहाडी लोकमार्ग छोट्याउन माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालालाई मध्यपहाडी लोकमार्ग सरोकार भएकाहरुले मंगलबार भेट गरी लोकमार्गअन्तर्गतको पश्चिमखण्डमा पर्ने स्याङ्जादेखि पाँचथरसम्मको सडक छोटो र सुविधाजनक बनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न दलका सभासद् नेतृत्वको प्रतिनिधिमण्डलले हाल रेखाङ्कन गरिएको स्याङ्जादेखि पाँचथरसम्मको ९३२ किमि लोकमार्गको सडकलाई उचित तवरले रेखाङ्कन गर्ने हो भने २०८ किमि छोटो हुने र जनतालाई सुविधासमेत हुने जानकारी गराएको थियो । छोटो र उचित मापदण्डसहितको ट्र्याक प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेको प्रतिनिधिमण्डलले शक्ति र प्रभावका आधारमा हालको लोकमार्गको सो सडकखण्डको ट्र्याक खोलिएका कारण लामो र खर्चिलो हुन गएको जिकिर गरेका थिए ।

जवाफमा प्रधानमन्त्री कोइरालाले सो सडकखण्ड छोटो र छरितो बनाउनका लागि सहयोग गरिने बताउँदै स्थानीयवासीको सहभागितामा हुने विकास मात्र दिगो हुने भएकाले त्यसमा जुट्न सबैलाई आग्रह गर्नुभएको भेटमा संलग्न सभासद् दीपक खड्काले बताउनुभयो । भेटमा सभासद् तारामान गुरुङ, कृपाशुर शेर्पा, लक्ष्मी राईलगायत विभिन्न दलका प्रतिनिधिको सहभागिता थियो ।