ललितपुर, २८ कात्तिक । नेपालमा उमी ग्रुपले पहिलो पटक जर्मन टेक्नोलोजिको गाडी धुने पूर्णस्वचालित प्रविधी भित्राएको छ ।
नयाँ प्रविधीको सोमबार ललितपुरमा आयोजित कार्यक्रमका बीच गैर आवासीय नेपाली संघका उपाध्यक्ष सविला राजभण्डारी र उद्योगी समाजसेवी राजेन्द्रराज खेतानले शुभारम्भ गरेका हुन् ।
नयाँ प्रविधील केवल ५ मिनेटमा नै एउटा गाडी धुनुका साथै मसिनबाट त्यसलाई सुकाउने उमी ग्रुपका सञ्चालक तुलसीराम श्रेष्ठले जानकारी दिए ।
अन्य मुलुकमा यो प्रविधी सञ्चालनमा भएपनि नेपालमा भने यो पहिलो पटक हो । हाल उमी ग्रुपले प्रविधीको ललितपुरको बखुण्डोल र काठमाडौंको ज्ञानेश्वरबाट शुभारम्भ गरेको उनले जानकारी दिए ।
आगामी दिनमा मुलुकका अन्य शहरहरुमा पनि यो प्रविधी बिस्तार गर्ने लक्ष्य उमी ग्रुपले अर्का सञ्चालक चिजकुमार श्रेष्ठले जानकारी दिए ।
यो प्रविधीबाट गाडी धुनका लागि लामो समय कुर्नुपर्ने झन्झटबाट मुक्त हुने विश्वास उमी ग्रुपले लिएको छ । यो प्राविधि नेपालमा ६ करोडको लगानीमा स्थापना गरिएको हो ।















प्रतिक्रिया