२२ कार्तिक २०८३, आइतबार

झापा ३ मा ५० हजार मत ल्याएर चुनाव जित्छुः राजेन्द्र लिङ्देन

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २७, कात्तिक । झापा क्षेत्र नम्बर तीनकाउम्मेदवार राजेन्द्र लिङ्देनले राजसंस्थाको मुद्दा छोडेर विकासको मुद्दालाई अघि सारिएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले लिङ्देनको चुनावी क्षेत्र झापा पुगेर गरेको चुनावी बहसका क्रममा राप्रपाका महामन्त्रीसमेत रहेका लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि हुने चुनावमाआफ्नो दलले राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डालाई भन्दा विकासका एजेण्डालाई प्राथमिकता दिएको बताए ।

यसपटकको चुनावमा जनताले राजनीतिक मुद्दाभन्दा पनि विकासका एजेण्डा चाहेकाले आफ्नो दलले जनताको चाहना अनुसारको एजेण्डा अघि सारेको बताए ।

जनताले विकासका एजेण्डालाई नै मतदानगर्ने उल्लेख गर्दै उम्मेदवार लिङ्देनले कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्ने दाबी गरे । विगतमा चुनाव जित्दा सिटौलाले जनताको हित हुने गरी कुनै पनिकामगर्न नसकेको आरोप लगाउँदै लिङ्देनले यसपटकको चुनावमा आफूले कम्तिमा ५० हजार मत प्राप्त गर्ने बताए ।

अरुले २० वर्षमा गर्छु भनेको काम आफूले पाँचवर्षमा सम्पन्न गर्न सक्ने दाबी गर्दै उनले जनताको चाहनाअनुसार काम गर्न नसके पाँच वर्षपछि राजनीतिबाट सन्यास लिने घोषण गरे ।

आफूलाई वाम गठबन्धनको समर्थन रहेको दाबी गर्दै लिङ्देनले सिटौलाले गलत व्याख्या गरेर एमाले माओवादीको समर्थनको हल्ला फिजाँएको आरोप लगाए ।

लोकतान्त्रिक गठबन्धन गर्ने भनिएपनि सिटौलाले झापा क्षेत्र नम्ब ३ बाट उम्मेदवारी दिएकोप्रति लिङ्देनले आपत्ति जनाए ।

चुनावपछि वाम गठबन्धनमा राप्रपापनि सहभागि भएर सरकार गठन हुने कुरालाई लिङ्देनले सम्भावनाको टोकरीमा राखे । ‘चुनावपछि छलफल गरेर राप्रपा सरकारमा सहभागि हुने वा नहुने भन्ने कुरा टुङ्गो लगाउँछौँ,’ लिङ्देनले भने ।