२२ कार्तिक २०८३, आइतबार

छोटो समयमा मन्त्री हुँदा अरबौ जिल्लामा भित्राएको हो अब पनि भित्र्याउछुः आचार्य

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, २७ कात्तिक । प्रचण्ड सरकारमा सिचांइ राज्य मन्त्री हुँदा कपिलवस्तुको सिचांइको लागी अरबौ रकम भित्राएको पूर्व सिंचाई राज्य मन्त्री सुरेन्द्रराज आर्चायले बताएका छन् । ६ महिनाको छोटो कार्यकालमा कपिलवस्तुमा अरबौ रकम भित्र्याइ किसानको पक्षमा काम गरेको उनका योजनाले बताउछ ।

सम्रग कपिलवस्तुको जिलाको सिंचाईको विकास र नदि नियन्त्रणको लागी आफुले जिल्लामा अरबौ रकम बढिको योजना ल्याएका एक कार्यक्रममा आर्चायले संचारकर्मीलाई बताए । मानपुरमा रहेको सोखनियामा रहेको तालबाट सिंचाईको लागी मझौला कार्यक्रम अन्तर्गत ५ करोडको कार्यक्रम तय भइ काम सुरु भएको र सो योजना निरन्तर चल्ने आर्चायले बताए ।

त्यस्तै कपिलवस्तु नगरपालिकामा पर्ने दोहनी वाध वाट सिंचाईको लागी १० करोड रकम विनियोजन र कपिलवस्तु नगरपालिकाकै लम्तियन वाध वाट सिंचाई गर्नको लागी ९ करोडको योजना वनाई काम सूरुवात भएको समेत आर्चायले बताए ।

त्यस्तै, शिसवा कजरहवा सिंचाइको लागी कंन्चनिया नधिमा वांध निर्माण गरी सिंचाइको लागी २ करोड ५० लाख विनियोजन भएको र ४० लाख रकम आइसकेकोको र टेण्डर कार्य सूरु भएको समेत उनले बताए ।

त्यस्तै साविक वैदौली गाविसको महसैयामा वाध निर्माण गरि सिंचाइंको लागी १ करोड १० लाख विनियोजन भइ काम सुरु हुन लागेको समेत आर्चायले बताए । उता महांराजगज नगरपालिकाको लठैया वांध निर्माणमा समेत १ करोड बजेट विनियोजन भएको जनाए ।
स्थानीय कृषकहरुको लागी डिप वोरिग जडानको लागी भलवारी, शिसवा, कजरहवा,फक्तेपुर, रनगाई, धनकौली, महाराजगजंमा उक्त वोरिग जडान भैरहेको र प्राविधिकहरु फिल्डमै रहेको संमेत आर्चायले बताए ।

उता नदी नियन्त्रणको लागी गुडरुग खोला, वेल नदी, अगिया नदी, सुरइ नदिमा तटवन्ध निर्माणको लागी ५ करोड बढिका योजना जनता तटवन्ध कार्यक्रम अन्र्तरगत विनियोजन भई काम सुरुवात भैसकेको समेत आर्चँयले बताए । त्यस्तै चिरई खोला तटवन्धको लागी समेत १ करोड रकम विनियोजन भएको बताए । त्यस्तै वाणगंगा नदि नियन्त्रणको अनर््रगत कजरहवा, हदौना सिंहोखोरको लागी २ करोड २० लाख विनियोजन भएको समेत आर्चँयले बताए । किसानहरुलाई प्रतक्ष सिंचाईको लागी लिफ्टिग सिचांइ योजनाहरु समेत संचालनमा ल्याएको बताएका छन् ।

जिल्लाको ठुलो सिंचाई आयोजना बृहक्तर वाणगगा सिंचाई आयोजनाको व्यवस्थापनमा थप योगदान दिनको लागी समेत करँैडौ रकम थप भएको आर्चँयले बताए । त्यस्तै आर्चायले अन्य विकास निर्माणका काम समेत गरेको र आगामी दिनमा समेत सम्रग कपिलवस्तुको विकासको लागी प्रतिनिधी सभाको निर्वाचमा आफुले निर्वाचन क्षेत्र नं २ बाट उमेद्धारी दिएको बताए । विशेष गरि किसानहरुको समस्या समाधान गर्न सिंचाई मलखाद व्यवस्थापन र बजारीकरणको लागी आफुले काम गर्दै आइरहेको समेत उनले बताए ।