१२ मंसिर २०८३, शनिबार

बाम गठबन्धनले कांग्रेसमा भूकम्पः चित्रबहादुर केसी

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा (कपिलवस्तु), २७ कात्तिक । नेकपा एमाले र माओवादीबीच भएको चुनावी तालमेल र बाम गठबन्धनले नेपाली कांग्रेसमा ठूलो भुकम्प गएको पूर्व उपप्रधान मन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बताएका छन् ।

लवाई, खवाई, भात भान्छा सबै मिलेपछि एमाले र माओवादीको गठबन्धन बनेको र यस गठबन्धले नेपाली कांग्रेसभित्र ठूलै खैलाबैला मच्चिएको राजमो अध्यक्ष केसीले आरोप लगाए । कपिलवस्तुको चन्द्रौटामा राष्ट्रिय जनमोर्चाको चुनावी सभालाई सम्बोधन गर्दै केसीले जनमोर्चालाई चुनाव जिते पनि नजिते पनि आफू र आफ्नो पार्टी सदैव जनता र राष्ट्रको अहित विरुद्ध लडिरहने समेत उल्लेख गरे । अहिले जनता र राजनीतिक दल जसरी पनि चुनाव सम्पन्न गर्नुपर्ने, चुनाव भएमात्र देश विकासले गति लिने हुँदा चुनावमा सबै सरिक हुन उनले अनुरोध गरे ।

देश विकासमा कुनै पनि काम नगर्ने पार्टीले अहिले निर्वाचान आचार संहिताको प्रवाह नगरी चुनावको मिति नजिकिएसँगै भुकम्पपीडित र बाढीपीडितलाई रकम बाँडेर सरकारले आचारसंहिता विपरीत काम गरी मतदातालाई आर्कषण गर्न खोजेको आरोप समेत के.सी.ले लगाए । पूर्व उपप्रधानमन्त्री के.सीले अझै पनि २००७ सालको बीपी नीति, ०४६को आन्दोलन, लोकतन्त्र र गणतन्त्रको नारा मात्रै बोकेर जनतालाई फेरि झुक्काउन खोजेको भन्दै आक्रोस पोखे ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा संघीयता विरोधी रहेको र संघीयता राजमोले कहिल्यै नमान्ने उनले जिकिर गरे । आफू सधैं नेपाली जनताको हितका लागि लडेकाले संघीयताले देशलाई जातीयता, भाषिक, साम्प्रदायिक विखण्डनतिर लैजाने हुँदा संघीयता विरोधमा आफू र आफ्नो पार्टी रहेको उनले स्पष्ट पारे । “म त उमेरले पनि बुढो भएँ, मैले नदेखे पनि तपाईहरुले देख्नु हुन्छ, हेर्नुहोला यो संघीयताले ढिलोचाँडो तराईंलाई पहाडसँंग अलग गर्नेछ । यही संघीयता कै आधारमा देश टुक्रिनेछ । देश टुक्राउने पक्षमा हाम्रो पाटी छैन ।”

आफु उपप्रधानमन्त्री रहँदा पनि प्रधानमन्त्रीले गरेको प्रस्तावको विपक्षमा मतदान गरेको सम्झँदै उनले भने–“मलाई पदको मोह छैन, नौ महिना उपप्रधानमन्त्री रहँदा केही गर्न नसकेपनि विदेश भ्रमण चाहीँ गएन ।” राष्ट्र र जनतालाई केन्द्रमा राखेर राजनीति गर्ने नेताहरुको कमीले गर्दा अहिले ६० लाख नेपाली विदेशमा काम गर्नुपर्ने बाध्यता रहेको छ । अहिले देशका राजनैतिक पार्टीले राजनिति देश र जनताका लागि नभएर पैसाका लागि राजनीति गरेको हुँदा देश विकास हुन नसकेको उनले बताए । निर्वाचनमा जनताले पार्टी जतिसुकै ठूलो भए पनि पार्टीको नीति चरित्र हेरेर भोट दिन केसीले आग्रह गरे ।

चन्द्रौटामा भएको जनमोर्चाको चुनावीसभा कार्यक्रममा जनवादी गायक जीवन शर्माको संगीत प्रस्तुति पनि रहेको थियो । कार्यक्रममा शर्माले मधेशी, पहाडी, हिमाली हामी सबै नेपाली… र सिमली छायाँमा… बोलको गीत गाएर जनमानसको ध्यानाकर्षण गरेका थिए ।

कार्यक्रममा राजमो जिल्ला अध्यक्ष दधिराम आचार्यले सबैलाई एकपटक राष्ट्रिय जनमोर्चाको चुनावचिन्ह गिलासमा मतदान गरी काम गर्ने अवसर दिन आग्रह गरेका थिए । सभामा वामपन्थी युवा नेता सुरेश थापा, राष्ट्रिय जनमोर्चा कपिलवस्तु क्षेत्र नं. १ का उम्मेदवार माधव भाट क्षेत्री, २ का लक्ष्मी कुमारी शर्मा भण्डारी, ३ का छन्द बहादुर के.सी, प्रदेशसभा सदस्य उम्मेदवारहरु क्षेत्र नं. १ (१)का दता बहादुर कुँवर, १(२) का रमनी सिंजापति, २(१) का नेत्र गैरे, २(२)का सारदा खनाल, ३(१)का कर्मराज आचार्य, ३(२) का नागराज योगी लगायतको उपस्थिति रहेको केहर सिं अदैले जानकारी दिएका छन् ।