गुल्मी २७ कात्तिक । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले देशमा विकासको अभियानलाई अगाडि बढाउन वाम गठबन्धन भएको बताएका छन् ।
अहिले निर्वाचनका लागि गठबन्धन भएको र त्यसपछि पाटी एकता हुने भन्दै उनले चुनावपछिको सरकारले मुलुकको विकास निर्माणलाई अभियानका रुपमा अघि बढाउने बताए ।
गुल्मी क्षेत्र नम्बर २ प्रतिनिधी सभाका उम्मेदवार समेत रहेका विष्टले आफ्नो निर्वाचन क्षेत्र धुर्कोट गाउँपालिका ७ द्धारा सोमवार दिउसो आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री गोकर्ण विष्टले मुलुकलाई गरिबीको रेखामुनिबाट माथि उठाउन एउटा नयाँ अभियान जरुरी रहेको तर्क गरे ।
उनले विगतका चुनावमा कांग्रेसले पटक–पटक बहुमत ल्याएपनि मुलुकको विकास अगाडि बढ्न नसकेको भन्दै अव निर्वाचनपछि वन्ने वामपन्थीहरुको स्थायी सरकारले मुलुकलाई विकासको अभियानमा लैजाने दावी गरे । ‘अबपनि देशलाई अविकसित रहिरहन दिन सकिदैन्,’ उनले भने– ‘यसैले यस पटकको चुनावमा एमाले र माओवादी एक भएको सयुक्त चुनावमा लागेर २ तिहाईभन्दा बढी बहुमत ल्याउछ ।’
उनले चुनावपछिको सरकारले मुलुकलाई मुलुक नयाँ दिशामा अगाडि बढउदै ५ बर्ष स्थायी सरकार चलाउने स्पष्ट पारे । नेता विष्टले जिल्लाको विकास निमार्णमा आफु सधै गुल्मेली जनताहरुको साथमा रहेकाले पनि जनताले धेरै माया गरे निर्वाचनमा अत्यधिक मतदानले विजयी बनाउने आशा गरेको बताए ।
धुर्कोट गाउँपालिका ७ वाग्लामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य माओवादी पोलीटब्युरो सदस्य दिनेश पन्थीले आर्थिक समृद्धी सहितको मुलुक निर्माणका लागि वाम एकता भएर चुनावी मैदानमा रहेको बताए । उनले मुलुकमा रहेको गरिवी अशिक्षा, वेरोजगार लगायतका समस्याहरु निर्वाचन पछि बन्ने सरकारले न्युनिकरण गर्ने बताए ।













प्रतिक्रिया