१२ मंसिर २०८३, शनिबार

मिलन पाण्डेलाई जिताउन रवीन्द्र मिश्र र रन्जु दर्शनानै मैदानमा

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ कात्तिक । ‘अबको आशा, विवेकशील साझा’ भन्ने नाराका साथमा राष्ट्रिय पार्टी बन्ने लक्ष्यसहित विवेकशील साझा पार्टीले चुनावी अभियानलाई अघि बढाएको छ ।

काठमाडौँको क्षेत्र नं ९ को चुनावी अभियानमा सोमबार रवीन्द्र मिश्र उपस्थित भएका थिए भने बेलुकी ४ बजे रामकोटको फस्कुमा रन्जु दर्शनालगायतका नेताहरु सहभागी थिए । सोम बिहान स्युचाटारमा भएको कार्यक्रममा काठमाडौँ क्षेत्र नं ९ का प्रतिनिधिसभा उम्मेदवार मिलन पाण्डे अनि प्रदेश सभा उम्मेदवारहरुको अभियानमा साथ दिदै मिश्रले अब देशैभरी तराजुको लहर आएको र केहि समय अगाडी संगठन निर्माण भएको भएपनि यसै पाली नै देशको नेतृत्व आफुहरुले गर्न सक्ने स्थिति रहेको कुरा बताए । साथै, आम नागरिकले विवेकशील साझालाई दिएको सद्भावले देशैभरि लहर आउने उनले बताए ।

उक्त कार्यक्रममा काठमाडौँ क्षेत्र नं ९ का प्रतिनिधि सभा उम्मेदवार मिलन पाण्डेले आफ्नो प्रतिबद्धता दोहोराउदै आफु काठमाडौँ क्षेत्र नं. ९ मार्फत देश बनाउन उत्रेको बताए । उनले पटक पटक असफल नेतृत्वले उम्मेदवारी दिदा नै काँग्रेस अनि एमालेको नयाँ पुस्ताले मौका नपाएकोले आफुले काँग्रेस अनि एमाले भित्रको त्यहि पुस्ताको समेत नेतृत्व गरेर नेपाली राजनीतिमा नयाँ उर्जा थपेको बताए । उनले आफ्ना प्रतिस्पर्धीलाई नै लक्षित गर्दै आफुले जितेमा संसदमा नघुर्ने अनि आम नागरिकका मुद्दा उठाउदै संसदमा गर्जने बताउ । उनले दिन रात खटिएर जनताका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले अहिलेका पार्टीहरुले लोकतन्त्र त ल्याएको तर त्यसलाई उनीहरुले नै हाइज्याक गरेको समेत बताए । साथै, उनले राजनीतिमा एउटै च्यानल २८ वर्षदेखि चलेकाले अब च्यानल परिवर्तन गर्ने बेला भएको बताए ।

कार्यक्रममा विवेकशील साझाको नयाँ चुनावी गीतमा पार्टीका संयोजक रवीन्द्र मिश्र अनि क्षेत्र नं ९ का उम्मेदवार मिलन पाण्डे, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार रेशु अर्याललगायत नाचेर रमाइलो समेत गरेका थिए । साथै, आजै अर्को कार्यक्रममा रामकोट, भिमढुंगा लगायतलाई लक्षित गर्दै रन्जु दर्शना अनि मिलन पाण्डेले फस्कुमा कार्यक्रम गरेका छन् ।