२२ कार्तिक २०८३, आइतबार

नवलपरासीको चौतर्फी विकासका लागी उम्मेदवारी: नेता कँडेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, २६ कात्तिक । नेपाली काँग्रेसका नेता एवंम् नवलपरासी (बर्दघाट–सुस्ता) पश्चिम निर्वाचन क्षेत्र नं. २ प्रतिनिधी सभा सदस्यका उम्मेदवार देवेन्द्रराज कँडेल ‘मुन्ना बाबु’ले यस क्षेत्रको चौतर्फी विकासको एजेण्डा अघि सारेर आफू उम्मेदवार बनेको बताएका छन् ।

आइतबार आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसारको क्रममा पाल्हीनन्दन गाउँपालिकामा आयोजित चुनावी प्रचारप्रसारअन्तर्गत घरदैलो अभियानमा मतदातासँग मतमाग्दै नेता कँडेलले आफ्नो योजना सार्वजनिक गरेका छन् । सो क्रममा नेता कँडेलले संविधानको प्रभावकारी कार्यान्वयनसँगै यस क्षेत्रको भौतिक पुर्वाधार निमार्ण, सडक, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत विकासका एजेण्डासहित जनताको माझ आएको कँडेलले दाबी गरे । यस अगाबै पटक पटक गृह राज्य मन्त्रीको भुमिकामा रहँदा यस क्षेत्रमा कँडेलले गर्दै आएको कामको उचित मुल्यांकन गर्दै यस पटक समेत अवसर दिने उनले आशा व्यक्त गरे ।