२२ कार्तिक २०८३, आइतबार

रमेश लेखकलाई टक्कर दिने वाम उम्मेदवार डा दीपकप्रकाश भट्टः बौद्धिक व्यक्तित्व, स्वच्छ छवि

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, २६ कात्तिक । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नंं. ३ मा वाम गठबन्धनबाट एमालेका उम्मेदवार डा. दिपक प्रकाश भट्ट चुनावी मैदानमा छन् । अहिले उनी प्रदेश सभाका उम्मेदवार सहित चुनाव प्रचार अभियान व्यस्त छन् । संघ र प्रदेश दुबैमा तिनै जना विजयी हुने गरी प्रचार अभियान तीव्र पारिएको छ ।

उनीसित चार जना प्रधामन्त्रीसंग नजिक रहेका कार्य गरेको अुनभव छ । सेना समायोजन समितिको सदस्य हुँदा तत्कालिन प्रधानमन्त्रीहरु तत्कालिन प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टसित नजिक रहेका कार्य गरेका हुन् ।

कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्देदवार डा. दिपक प्रसाद भट्ट तीन दशकदेखि राजनीतिक सक्रिय छन् । पुख्र्यौली घर बैतडी भएका भट्टको जम्न २०२९ साउन २७ गते बैतडी दशरथ चन्द नगरपालिका–१ देबलहाटमा भएको हो । भीमदत्त नगरपालिका–६ बस्ने उनी विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय छन् ।

२०४६ को जनआन्दोलन अघि नै भट्टको राजनीतिक यात्रा सुरु हो । घर परिवारको राजनीतिक वातावरणमा सानैदेखि घुलमिल भएका उनले २०४३ देखि तत्कालिन (माले) को विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतक यात्रा सुरु गरेका हुन् । २००७ सालको क्रान्तिका अगुवा स्वर्गिय दत्तराम भट्टबाट प्रेरित भएर राजनीतिमा आएका हुन् । ६ महिना डोटी जेल बसेका स्वर्गिय भट्ट उनका ठूलो बुवा हुन् । ‘घरमा राजनीतिक वातावरण थियो, त्यसबाट सानैमा प्रभावित भए,’ उनले भने ।

एमालेका विदेश विभाग सदस्य भट्ट पार्टीमा स्वच्छ छवि, बौद्धिक व्यक्तित्व, परराष्ट्र र सुरक्षा नीतिका जानकार नेता हुन् । वाम गठबन्धनका उम्मेदवार उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, सडक सबैको विकास गरी क्षेत्र नं. ३ लाई नमूना बनाउने एजेण्डा अघि सारेका छन् । ‘मिठा र गुलिया कुरा गरी जनतालाई धेरै दिनसम्म भ्रममा राखियो, म त्यसलाई तोड्न चाहन्छु’ उनी भन्छन्,‘यस पटक जनताले त्यो मौका दिने छन् ।’

दार्चुलाको लटिनाथ माध्यमिक विद्यालय मार्माबाट प्राथमिक शिक्षा हासिल गरेका भट्टले महेन्द्रनगर मावि(साधरण) बाट प्रवेश उत्तीर्ण गरेका हुन् । उनले लटिनामा कक्षा १–५ र बैजनाथ माविमा कक्षा ७–८ सम्म अध्यन गरेका थिए । विज्ञान र राजनीति शास्त्रका स्नात्तकोत्तर भट्टले जवाहरलाल नेहरु विश्विद्यालयबाट अन्र्तराष्ट्रिय सम्बन्ध र सुरक्षामा विद्यावारिध(पिएचडी) गरेका छन् ।

औपचारिक शिक्षा बाहेक उनले देश विदेशमा विभिन्न शैक्षिक अध्ययन र अनुसन्धानमा सहभागी भएका छन् । विश्वका विभिन्न १६ देशका प्राध्यापकसंग टोलीमा सहभागी भएर ६ महिनासम्म अमेरिकाको विदेश नीति अध्ययन गरेका छन् । उनले ६ महिने उच्च स्तरको सुरक्षा समन्वय तालिम लिएका छन् ।

एसिया र दक्षिण एसियाका सुरक्षा तथा विदेश नीति सम्बन्धीका विभिन्न तालिम र गोष्ठीमा सहभागी हुने मौका पाएका छन् । ब्रह्मदेवदेखि डोकेबजारसम्मको सीमा सुरक्षा व्यवस्थालाई भट्टको चुनावी एजेण्डा छ । ‘भारतले जुन स्तरले आफ्नो क्षेत्रमा सुरक्षा क्याम्प राखेको छ, त्यसको तुलनामा हाम्रो अत्यन्तै न्यून छ’ उनी भन्छन्, ‘त्यसलाई विस्तार गर्ने सीमा सुरक्षा व्यवस्थित बनाउन पहल गर्नेछु ।’

भारतको पिथौरागढस्थित जिओसी कलेजमा अखिल भारतीय नेपाल स्ववियु(अभानेस्ववियु) को सदस्य भएर दुई कार्यकाल जिम्मेवारी वहन गरेका थिए । एक कार्यकाल अभानेस्ववियुको नगर अध्यक्ष समेत भएका थिए । आइ.एस्सी.देखि एमएस्सी सम्म पिथौराढमा अध्ययन गरेका हुन् ।

२०५२ मा एमालेको नगर कमिटीमा आएका उनी त्यस यता पार्टीका विभिन्न जिम्मेवारीमा बसेका नेता हुन् । नगर कमिटी सचिवबाट जिल्ला सदस्य हुँदै उनी केन्द्रीय तहमा पुगेका छन् । एमाले विदेश विभाग सदस्य हुन अघि सम्पर्क समनवय कमिटी सदस्य र केन्द्रीय सम्पर्क विभाग सदस्य भएका थिए ।

उनी अभानेस्ववियुको अध्यक्ष हुँदा उनी स्वतः राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका थिए । उनी २०५८ देखि २०६५ सम्म भारत प्रवास अञ्चल समन्वय समिति सदस्य भए ।

राजनीतिक अधिकार प्राप्तिको २०४६ र २०६२÷०६३ को जन आन्दोलनमा सहभागी उनले सीमा अतिक्रमण विरुद्ध दुई दशक अघि पैदल मार्च गरेका व्यक्ति हुन् । दुई दशक अघि सीमा अतिक्रमण विरुद्ध दोधारा चाँदनीबाट कुतियाकवर कालापानी मार्च गरिएको थियो । २३ दिने मार्चका क्रममा उनले राजीनीतिको उच्च तहमा पुगेर सीमा समस्या समाधान गर्र्ने लक्ष्य बनाएका हुन् । ‘मैले त्यहीं बेला यो समस्या समाधान गर्ने लक्ष्य बनाए, त्यो सपना देखे’ उनले भने‘त्यो सपना पूरा गर्न जनतामा आएको छु ।’

उनीसित चार जना प्रधामन्त्रीसंग नजिक रहेका कार्य गरेको अुनभव छ । सेना समायोजन समितिको सदस्य हुँदा तत्कालिन प्रधानमन्त्रीहरु तत्कालिन प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टसित नजिक रहेका कार्य गरेका हुन् ।

२०६६ देखि चार वर्ष समिति बसेर माओवादी लडाकूको व्यवस्थापनमा डा. भट्टको भूमिका सक्रिय थियो । यस बाहेक सुरक्षा अधिकारी र विभिन्न दलका नेताहरुसित पनि नजिक बसेर अनुभव लिएका छन् । परराष्ट्र नीति पुनरावलोकन उच्च स्तरीय कार्य दलमा वसेर विदेश नीति बनाउन उनको भूमिका छ । सरकारले अमेरिकाका लागि पूर्व राजदूत डा. शंकर शर्माको संयोजकत्वमा कार्य दलका बनाएको थियो ।

अमेरिका सहित विश्वका ४० भन्दा बढी देशको भ्रमण गरेका उनले ती देशको शैक्षिक विकासको क्रम अध्ययन गरेका छन् । अमेरिकाको हावर्ड विश्वविद्यालय, अक्सफोर्ड, न्यूयोर्क कलेजका विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई नमूना शैक्षिक संस्थाको रुपमा विकास गर्ने उनको चुनावी एजेण्डा छ । ‘नयाँ पुस्तालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने खालको शिक्षाका रुपमा विश्वविद्यालयको विकास गरिनु पर्छ’ उनी भन्छन् । सानैदेखि राजनीति आबद्ध ४४ वर्षिय भट्ट जीवनमा आफ्नो क्षमता र अनुभव जनतासम्म पुगाएर कञ्चनपुर क्षेत्र नं. ३ लाई नमूना बनाउने एजेण्डा बोकेर मैदानमा छन् । ‘राजनीति व्यक्तिगत फाइदाका लागि होइन, समाज र देश विकासका लागि हुन पर्छ’ उनी भन्छन्, ‘जनताले मलाई त्यो मौका दिने छन् ।’