२९ आश्विन २०८३, बिहिबार

मौसमको खराबीले लुक्लामा पाँच सय बढी पर्यटक अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, ३ मङ्सिर । तेन्जिङ हिलारी विमानस्थल लुक्लामा विगत चार दिनदेखि मौसम खराबी हुँदा यात्रु मारमा परेका छन् ।

मौसममा आएको खराबीका कारण  नियमित उडान प्रभावित हँुदा यात्रु मारमा परेका हुन् । बिहान केही बेर मौसम सुधार हुँदा केही उडान हुने भए पनि त्यसपछि मौसम बिगँ्रदा नियमित उडान प्रभावित हुँदैछन् ।

विगत चार दिनदेखि नियमित उडान प्रभावित हँुदा लुक्लामा करिब ५०० विदेशी पर्यटक रोकिएका तारा एयरका लुक्ला विमानस्थल इन्चार्ज फुनुरु शेर्पाले जानकारी दिनुभयो । मङ्गलबार करिब ५० उडान तय भएकामा मौसम खराबीका कारण आधा उडान पनि हुन सकेन ।

पचास उडान तय भएकामा आधा पनि उडान हुन नसक्दा राजधानी जान तयार भएका स्वदेशी तथा विदेशी यात्रु मारमा परेका छन् । खुम्बु क्षेत्र घुम्न आएका पर्यटक फर्कने सिजन भएकाले अहिले माथिल्लो क्षेत्र घुमेर राजधानी फर्कनका लागि आएका पर्यटकको लुक्लामा घुइँचो लागेको छ । आज पनि लुक्लाको मौसम खराबी भएको कारण लुक्लामा रोकिने पर्यटकको सङ्ख्या अझ बढ्न सक्ने एअरलाइन्स व्यवसायीले बताएका छन् । रासस