काठमाडौं, २५ कात्तिक । काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेद्धवार दिपक कुईंकेलले वाम गठबन्धनबाट उम्मेद्धवार बनेका एमाले बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूसँग सर्वनाक पराजय ब्यहोर्ने दाबी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै कुईंकेलले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘काठमाडौं क्षेत्र नम्बर २ का जनताले यहाँबाट छोडेर रौतहट गैसकेको मान्छेलाई फेरि आउँदा बस्न र खान देलान् तर भोट हाल्दैनन्, जनताले आफ्नो विश्वासपात्र दीपक कुईंकेललाई भोट हाल्छन् ।’ उनले यो क्षेत्रमा आफ्नो जित सुनिश्चित भएको समेत दाबी गरे ।
उनले माधव नेपालले आफूसँग लज्जास्पदहार ब्यहोर्ने ठोकुवा गरेका हुन् । उनले भने, ‘केही मान्छेहरु यहाँ जनतालाई दास सम्झिरहेका छन्, एमाले–माओवादी गठबन्धनले ६० प्रतिशत जित्छौं भनेर हल्ला गरिरहेका छन्, अब जनता दास होईनन्, जनार्दन हुन्, जनताले यसपालि देखाईदिन्छन्, माधव नेपालले यहाँका जनतासँगको विश्वास गुमाईसकेका छन् ।’
उनले जनतालाई दास सम्झिने उम्मेद्धवारलाई अब कसैले भोट नहाल्ने जिकिर गरे । कुईंकेलले माधव नेपाललाई रौतहटका जनताले नपत्याएपछि काठमाडौं आएको समेत आरोप लगाए ।
उनले थपे, ‘रौतहटमा जनताले नपत्याएपछि माधवजी यहाँ आउनुभएको छ, अब यहाँका जनताले पनि उहाँलाई विश्वास गर्दैनन्, साम्यवादको यात्रा गर्नेलाई भोट हाल्दैन् ।’ वाम गठबन्धनलाई देशैभरिकै जनताले भोट नहाल्ने ठोकुवा गर्दै उनले भने, ‘साम्यवाद र अधिनायकवादको यात्रा गर्नेलाई जनताले भोट दिँदैन् ।











प्रतिक्रिया