११ मंसिर २०८३, शुक्रबार

कम्युनिष्ट तानाशाह भनेर जनता तर्साउनु गलत: सिंह

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–सुशील ढुङ्गाना

धनगढी, २५ कात्तिक । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले बाम गठबन्धनले जिते कम्युनिष्ट तानासाही व्यवस्था आउँछ भन्नु गतल रहेको बताएका छन् । अहिले प्रतिनिधि सभा र प्रदेश सभामा एमाले र माओवादी केन्द्र लगाएतका बामपन्थी दलहरु मिलेर चुनाव लडिरहेकोले जनतामा भ्रम सृजना गर्ने मात्र यस्तो हल्ला फैलाईएको सिंहले बताए ।

प्रदेशसभा र प्रतिनिधि सभालाई लक्षित गर्दै राष्ट्रिय जनमोर्चाले ७ नम्बर प्रदेशका विभिन्न स्थानहरुमा सञ्चालन गरेका पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिन सुदूपश्चिम पुगेका महामन्त्री सिंह जनतालाई तर्साउन काँग्रेसले बाम गठबन्धन विरुद्ध यस्तो भ्रमात्मक प्रचार गरिरहेको बताए । प्रगतिशील पत्रकार संघ नेपालले शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्धभूमिगत रहेका नेकपा मसालका महामन्त्री सिंहले नेकपा एमाले र माओवादी केन्द्रले कम्युनिष्टका आधारभुत सिद्धान्त समेत छोडी सकेको उल्लेख गर्दै उनीहरुबाट कम्युनिष्ट शासन आउन सक्ने सम्भावना नरहेको बताए ।

यस्तै नेपाली काँग्रेस लगाएतका गठबन्धनले जिते उनीहरुको नेतृत्वामा बन्ने सरकारबाट ठूला–ठूला राष्ट्रघाती निर्णय हुन सक्ने उनले आरोप लगाए । राष्ट्र र राष्ट्रियता जोगाई अहिलेसम्मकै उपलब्धिहरुलाई संस्थागत गर्न नेपाली जनताले विचार पु¥याउनु पर्ने महत्वपूर्ण समय आएको उनले बताए । अहिले शेरबहादुर देउवा नेतृत्वको काँग्रेस विपी, गणेशमान र गिरीजाको नेतृत्व कालका जस्तो नरहेको समेत उनले टिप्पणी गरे । देउवाको विगतलाई स्मरण गराउँदै सिंहले बेलाबेलामा देउवा प्रतिगमनको दिशातर्फ लागेको बताए ।

साथै नेपाली काँग्रेसलगायतका गठबन्धनले बहुमत ल्याएर सरकार गठन गर्ने अवस्था आए मुलुकलाई जुनसुकै बेला जुनसुकै अवस्थामा लैजान सक्ने खतरा रहेको उनको आरोप छ । काँग्रेसले जिते गणतन्त्र, धर्म निरपक्षतालगायतका महत्वपूर्ण उपलब्धीहरु गुग्ने खतरा रहेकोले उसलाई हराउन आफ्नो पार्टीले बाम गठबन्धनसँग चुनावी तालमेल गरेको उनको भनाई थियोे । विगतको स्थानिय चुनावमा आफ्नो पार्टीको काँग्रेससंग सहकार्यको निती रहेको भएता पनि अहिले काँग्रेससँग सहकार्यको निती तोडेको उनले बताए ।