११ मंसिर २०८३, शुक्रबार

जनताको सेवाका लागी राजनीतिः बाम उम्मेदवार सुवेदी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २५ कात्तिक । बाम गठबन्धनबाट चितवन २ (ख)मा उम्मेदवार बनेका विजय सुवेदीले विकास निर्माणको नेतृत्व चितवनले गर्ने बताएका छन् । शनिबार भरतपुर महानगरपालिका वडा नम्बर १२ मा आयोजित घरदैलो कार्यक्रममा बोल्दै सुवेदीले विभिन्न क्रान्ति र आन्दोलनमा अग्रणी रहेको चितवन विकास निर्माणमा पनि अग्रणी जिल्ला बन्ने बताए ।

उनले चितवनको विकासका लागी दिर्घकालिन गुरुयोजना निर्माण भएको बताए । सुवेदीले जनताको सेवाका लागी राजनिती गरेको भन्दै कुनै मानपदवीका लागी राजनीति नगर्ने बताए । सबै जनताको साथ लिएर अहोरात्र विकास निर्माणमा खटिने उनले प्रतिबद्धता जनाए ।

सुवेदीले भने, ‘देश निर्माणको युग सुरुभएको छ, ७ सालदेखीको नेपाली जनताको सपना साकार पार्नुछ, विभिन्न क्रान्तिका उपलब्धिलाई संस्थागत गरेर जनताको जीवनमा परिवर्तन ल्याउनुपर्ने छ ।’

राजनीतिक परिवर्तनपछि दलहरु मिल्न नसक्दा देशमा विकास निर्माण हुन नसकेको उनले स्पष्ट पारे । सुवेदीले नराम्रो काम गर्ने पार्टीलाई जनताले पाखा लगाउने दाबी गरे । सुवेदीले अरुलाई गाली गरेर मात्रै नहुने भन्दै आफैबाट राम्रो कामको सुरुवात गर्नुपर्ने बताए । बाम गठबन्धनले आज भरतपुर १२ का विभिन्न टोलमा घरदैलो कार्यक्रम गरेको छ ।