काठमाडौँ, २५ कात्तिक । ‘प्रोफेसर मोहम्मद यूनुस साहारा पुरस्कार’बाट पथरी शनिश्चरे–८ की विमला भण्डारीलाई सम्मानित गरिएको छ । शनिवार झापाको विर्तामोडमा साहारा नेपालको २१औँ बार्षिक साधारण सभाको अवसरमा ५० हजार रुपैयाँ राशिको सो पुरस्कार भण्डारीलाई दिइएको हो ।
निवर्तमान सांसद केदार सन्जेलले भण्डारीलाई नगदसहित दोसल्लाले सम्मानित गरेका थिए । लघुवित्त कारोवारमा प्रत्येक वर्ष साहारा नेपालका शेयर सदस्यहरुबाट छनौट गरि उत्कृष्ट उद्दमीलाई यो पुरस्कारले सम्मान गरिदै आएको हो । साधरण सभामा सहकारीका कार्यकारी अधिकृत महेन्द्र गिरीले संस्थाको कुल बचत ५अर्व ७५करोड, शेयर पुँजी ६२ करोड ३७ लाख, विभिन्न ऋण ४ अर्ब ५३ करोड रहेको जानकारी गराएका थिए । आउँदो असारसम्ममा संस्थाको कुल शेयर पुजी १ अर्ब पुराउने लक्ष्य राखिएको समेत गिरीले बताए ।
नेपालकै नमुना सहकारी संस्थाको रुपमा ख्याती कमाएको यो सस्थाले हालसम्म सन्जीवनी कार्यक्रम, भेन्टीलेटरसहितको एम्बुलेन्स सेवा, जिवन बरदान कार्यक्रम, साहारा स्वास्थ्य हेरचाह कार्यक्रमलगायतका आर्र्कषक योजनाहरु ल्याएको छ ।











प्रतिक्रिया