२ कार्तिक २०८३, सोमबार

बद्री पंगेनीले गगन थापालाई यस्तो गाली गरेपछि…(भिडियोसहित)

33k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ कात्तिक । लोकप्रिय गायक बद्री पंगेनीले काँग्रेस नेता गगन थापामाथि गीतमार्फत हमला गरेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार राजन भट्टराईको पक्षमा मत माग्नका लागि गीत गाएका पंगेनीले भट्टराईका प्रतिस्पर्धी गगन थापामाथि गीतको माध्यमबाट आक्रमण गरेका हुन् । पंगेनीले गगन थापालाई घुमाउरो भाषामा गीतमार्फत ‘जनता ठग्ने फटाहा’ भनेका छन् ।

पंगेनीले गाए – “आयो आयो राजन दाइ आयो, जनता ठग्ने फटाहा छेउ लाग्यो विकास गर्न आश्वासन बाँड्ने जति नि पाइन्छ, ४ नं क्षेत्रको विकास गर्न राजन नै चाहिन्छ ।”

गीतपछि राजन भट्टराईलाई सल्लाह दिँदै उनले भने, ‘गगन थापाको भाषणको पछि नलाग्नुहोस् । के के भाषण गर्नुहोला । तपाईं आफ्नो प्रचारमा लाग्नुहोस् ।’

यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=_4M42rbg22w