५ कार्तिक २०८३, बिहिबार

फर्साटिकरमा आधुनिक कृषि अनुसन्धान केन्द्र बनाउँछौंः चौधरी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा (रुपन्देही), २४ कात्तिक । बाम गठबन्धनका तर्फबाट नेकपा एमाले रुपन्देही क्षेत्र नं. ३ प्रदेश सभा २ का उम्मेदवार तुलसीप्रसाद चौधरीले फर्साटिकर र पश्चिम अमवालाई जोडेर आधुनिक कृषि अनुसन्धान केन्द्र र कोल्डस्टोर निर्माण गर्ने बताएका छन् । उनले बाम गठबन्धन विजयी भए रुपन्देही फर्साटिकरलाई केन्द्र बनाएर कृषि हब र अनुसन्धान केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका हुन् ।

एमाले क्षेत्र नं. ३ प्रदेश सभा २ चुनाव प्रचार–प्रसार समितिद्वारा शुक्रबार त्यहाँ आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै चौधरीले फर्साटिकर र अमवा क्षेत्र आधुनिक कृषिको लागि अत्यन्तै महत्वपूर्ण ठाउँ भएकाले कृषि क्षेत्रको विकास र विस्तार गर्न पनि बाम गठबन्धनले जित्नै पर्ने बताए ।

‘लामो समय कम्युनिष्टहरुले जित्न नसक्दा यहाँको कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रलगायतको विकास हुन सकेको छैन’, चौधरीले भने, ‘हामीलाई तपाईहरुले सेवा गर्ने मौका दिनुस्, यस क्षेत्रको विकास र समृद्धिका लागि काम गर्छैं ।’

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा राम्रो प्रभाव भएका बौद्धिक नेता घनश्याम भुषाललाई प्रतिनिधि सभाको उम्मेदवार पाउनु गर्वको कुरा भएको बताउँदै एमाले–माओवादीको गठबन्धनले जिते मात्र समग्र रुपन्देही र क्षेत्र नम्बर ३ को विकास हुने दाबी गरे ।

‘पटक–पटक जित्दा यहाँको विकास भन्दा नातावाद र क्रिपावादमा लाग्दा पश्चिम क्षेत्रको विकास हुन सकेन’, चौधरीले भने, ‘मैले जिते भने किसानलाई सहुलियतमा मल उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले कृषकहरुलाई आधुनिक कृषि तालिम, सर्वसुलभमा सिँचाईको व्यवस्था र विउ न्यूनतम मूल्यमा उपलब्ध गराउने बताए । उत्कृष्ट किसानलाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था गर्ने जनाउँदै चौधरीले पशुपालक किसानको हकहीत संरक्षणका लागि पशु र पशुपालक किसानको निःशुल्क विमाको व्यवस्था गर्ने जनाए ।

बाम गठबन्धनका युवा परिचालन समितिका संयोजक किरण नेपालले भारी मतकासाथ आफूहरु विजयी हुने दाबी गरे । उनले बाम गठबन्धनले नै युवापुस्ताको हकअधिकार संरक्षण गर्ने बताउँदै युवा स्वरोजगार कार्यक्रम मार्फत् युवाहरुलाई निब्र्याजी ऋण प्रदान गरेर उद्यमी बनाउन पहल गर्ने बताए ।