११ मंसिर २०८३, शुक्रबार

मंसिरभित्रै बामपन्थीको दुई तिहाइको सरकारः खनाल

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर, २४ कात्तिक । चितवन क्षेत्र नं.१ प्रदेश सभा ख का उम्मेदवार कृष्णप्रसाद खनालले मंसिर भित्रै बामपन्थीको दुई तिहाईको बलियो सरकार बन्ने बताएका छन ।

रत्ननगर १६ पिठुवामा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले देशलाई बलियो बनाउने बामपन्थीहरुको दुई तिहाईको सरकार आवश्यक रहेको बताए । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका नेता खनालले देशलाई समृद्ध बनाउन दुई तिहाईको सरकार आवश्यक रहेको र त्यस्तो सरकार मंसिर महिना भित्रै बाम गठबन्धनले बनाउने बताए ।

पाँच बर्ष बामपन्थीले सरकार चलाउने अबसर पाए मुलुकले विकासमा कायापलोट हुने उनले बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इज्चार्ज इश्वरी प्रसाद भट्टराईले बाम गठबन्धनले बहुमत हुईन दुई तिहाई ल्याउने बताए । उनले त्यसका लागि ईमान्दार भएर निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

रत्ननगर १६ पिठुवामा भने प्रतिनिधी सभा उम्मेदवार सुरेन्द्र पाण्डे र प्रदेश सभाका उम्मेदवार कृष्ण खनालले घरघरमा पुगेर भोट मागेका थिए । राजनितिक सक्रमण अन्त्यतिर लागेकाले आर्थिक समृद्धिको बाटोमा हिड्न बाम गठवन्धनलाई जिताउन भोट माँग्दै हिडेका उनीहरुलाई मतदाताहरुले शुभकामना दिएका थिए ।

घरदैलो कार्यक्रममा बाम गठवन्धनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेकपा एमालेका प्रदेश सदस्य जेएन थपलिया, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज कंचन खनाल,सहइन्चार्ज सुवोध अम्गाई लगायतको सहभागीतामा घरदैलो कार्यक्रम गरिएको थियो ।

बामगठबन्धनको घरदैलो सुरु

प्रतिनिधि सभा र प्रदेश सभाका लागि बाम गठबन्धनका उम्मेदवारहरुले चितवन निर्वाचन क्षेत्र नम्वर एकमा शुक्रवारदेखि घरदैलो कार्यक्रम सुरु गरेका छन् । बाम गठबन्धनका प्रतिनिधि सभा निर्वाचन सदस्य सुरेन्द्र पाण्डे, प्रदेश क का उम्मेदवार दावा दोर्जे लामा र प्रदेश ख का उम्मेदवार कृष्ण खनालले घरदैलो सुरु गरेका हुन । नेता सुरेन्द्र पाण्डे र कृष्ण खनालले रत्ननगर १६ पिठुवाबाट घरदैलो सुरु गरेका हुन ।

उता प्रदेश क का उम्मेदवार दावा दोर्जे लामाले राप्ती नगरपालिका १ सिमराबाट घरदैलो सुरु गरेका हुन । पिठुवामा भएको कार्यक्रममा उम्मेदवार खनालले स्थायी सरकार निर्माणको लागि बाम गठबन्धनलाई मतदान गर्न आग्रह गरे । उनले मंसिर भित्रै बामपन्थीहरुको दुई तिहाईको सरकार बन्ने दावी गरे । राप्ती नगरपालिका १ सिमरामा आयोजित चुनावी सभामा प्रतिनिधि सभाका उम्मेदवार पाण्डेले पूर्वी चितवनको दक्षिणी भेगमा बसोवास गर्ने बासिन्दाको सुरक्षाको लागि निकुञ्ज र मानव बस्तीको सिमानामा पर्खाल लगाउन बताए ।

उनले यस क्षेत्रका बासिन्दाले बर्षेनी बाढीको समस्या झेल्दै आएको भन्दै मुद्यय नदिहरुमा बलियो तटबन्धन गर्ने बताए । रत्ननगर १६ पिठुवामा भने प्रतिनिधी सभा उम्मेदवार सुरेन्द्र पाण्डे र प्रदेश सभाका उम्मेदवार कृष्ण खनालले घरघरमा पुगेर भोट मागेका थिए । राजनितिक सक्रमण अन्त्यतिर लागेकाले आर्थिक समृद्धिको बाटोमा हिड्न बाम गठवन्धनलाई जिताउन भोट माँग्दै हिडेका उनीहरुलाई मतदाताहरुले शुभकामना दिएका थिए ।

घरदैलो कार्यक्रममा बाम गठवन्धनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेकपा एमालेका प्रदेश सदस्य जेएन थपलिया, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज कंचन खनाल,सहइन्चार्ज सुवोध अम्गाई लगायतको सहभागीतामा घरदैलो कार्यक्रम गरिएको थियो ।