११ मंसिर २०८३, शुक्रबार

बाम गठबन्धनलाई जिताउन महिलाहरु सक्रिय

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा (रुपन्देही), २४ कात्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनलाई जिताउन महिलाहरु सक्रिय भएका छन् । रुपन्देहीको क्षेत्र नं. ३ मा अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सम्पन्न संयुक्त बैठकले प्रदेश नं ३ निर्वाचन परिचालन कमिटी गठन गरी बाम उम्मेदवारलाई जिताउन लागिपरेका छन् ।

जसअन्तर्गत सिद्धार्थनगर वडा नम्बर १ को संयोजक र सह–संयोजकमा क्रमशः उर्मिला थापा र गोमा बस्नेत, २ मा इन्द्रीरा क्षेत्री र सारदा थापा, ३ मा डिला अर्याल र लक्ष्मी थापा, ४ मा विष्णु आचार्य, दुर्गा अधिकारी र मैना गुरुङका, ५ मा शिव श्रेष्ठ र सारदा थापा, ६ मा लक्ष्मी पौडेल र सरिता थापा, ७ मा लक्ष्मी खनाल, ८ मा विष्णु भट्टराई र मुना आचार्य, ९ मा लक्ष्मी पाण्डे र प्रभा पौडेल, १० मा विना ज्ञवाली, ११ मा सहनाज बेगम र सुमावती हरिजन, १२ मा द्रोपदा पनेरु तथा १३ मा शिव श्रेष्ठ संयोजक र कञ्चन कुवरलाई जिम्मेवारी तोकिएको छ ।

त्यसै गरि तिलोत्तमा नगरपालिका वडा नं १३ मा झिमकला पाण्डे संयोजक र वडा नं १४ मा राधिका खनाललाई संयोजक तोकिएको छ भने ओमसतिया गाउँपालिका वडा नं २ मा विष्णुमाया बास्तोलालाई संयोजक तोकिएको छ ।