
काठमाडौं, २३ कात्तिक । काठमाडौंको त्रिपुरेश्वरमा आगलगाी हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
त्रिपुरेश्वरस्थित जयन्ती पेट्रोल पम्प नजिकै रहेको मोटरसाइकल ग्यारेजमा बिहीबार साँझ आगलागी भएको हो । आगलागीमा परी ग्यारेजमा काम गर्ने मुलायम मियाँको ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए ।
आगलागीमा परी अर्का एक जना सख्त घाइते भएका छन्। आगलागीमा घाइते भएकाहरुलाई तत्काल उपचारका लागि ट्रमा सेन्टर पुर्याइएकोमा एक जना भने बाँच्न सकेनन् ।
दशरथ रंगशाला पश्चिमपट्टिको पेट्रोल पम्पभित्रको सटरमा आगाली भएको हो। पेट्रोल पम्पसँगै आगलागी भए पनि आगो फैलिन नपाउँदै नियन्त्रणमा आएकाले ठूलो क्षति हुन पाएन।











प्रतिक्रिया