११ मंसिर २०८३, शुक्रबार

‘एमाले र माओवादी मिलेको देखेर काँग्रेसलाई हृदयाघात भयो’

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, २३ कात्तिक । बाम गठवन्धनका तर्फबाट कपिलवस्तु क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेदवार वृजेशकुमार गुप्ताले भ्रम सिर्जना गरेर चुनाव नजितिने बताएका छन् ।

नेपाली काँग्रेसप्रति इंकित गर्दै नेता गुप्ताले सकिन्छ भने जनतासँग जाँदा विकासको मुद्धा लिएर जान सुझाव दिए । सूर्य चिन्ह लिएर चुनावमा उठेका गुप्ताले कामको मूल्यांकन जनताले गरेकाले जति भ्रम फैलाए पनि केही फरक नपर्ने बताए ।

‘म मा ईमान्दारिता छ’ उनले भने, ‘आजसम्म कुनै बेरुजु पनि छैन । कुनै कलंक पनि छैन । विकासको काम गरेको छु । हेर्ने भए तौलिहवा आसपासमा आउन आग्रह गर्छु ।’ बुद्धभूमिको बुड्ढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गुप्ताले महाराजगञ्ज र बुद्धभूमि यशोधरा अब ५ बर्षभित्र तौलिहवा जस्तै गरी विकास गर्ने बताए ।

कार्यक्रममा बोल्दै माओबादी केन्द्रका पोलिटव्युरो सदस्य रुद्र बन्जाडेले कपिलवस्तुका एमाले, माओबादी र स्वतन्त्र समूह मिलेको देखेर काँग्रेसलाई हृदयघात आउन लागेको बताए । यो चुनावपछि काँग्रेसको नामो निसान मेटिने बञ्जाडेले दावी गरे । नेता वञ्जाडेले बाम एकताले सबै कार्यकर्ताको मनोबल उच्च रहेको बताए ।

कार्यक्रममा बोल्दै एमाले जिल्ला सदस्य पिताम्बर खनालले काँग्रेसले जति पैसा खर्च गरे पनि चुनाव नजित्ने दाबी गरे । ‘हामी एक भएका छौं । शक्तिशाली भएका छौं । मसिंर २१ गतेपछि बिजय जुलुसमा हिँड्न तयार भएर बसे हुन्छ ।’ – उनले दाबी गरे ।

कार्यक्रममा मन्जु चौधरी, गोपी पोख्रेल, बि बञ्जाडेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम देवी बेल्बासेको अध्यक्षतामा सम्पन्न भएको थियो ।