५ कार्तिक २०८३, बिहिबार

एनआईसी एशिया बैंकको रुकुममा शाखा विस्तार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ कात्तिक । एनआईसी एशिया बैंकले रुकुमको मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित बागबजारमा नयाँ शाखा विस्तार गरेको छ । रुकुम शाखाको बिहीबार एक समारोहकाबीच रुकुम जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष टेकबहादुर पुनले उद्घाटन गरेका थिए ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्येको एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा पनि चाँडै नै थप शाखा विस्तार गर्ने योजना अगाडि सारेको छ ।