११ मंसिर २०८३, शुक्रबार

वाम गठबन्धनविरुद्ध बागी उठेका माओवादी नेतालाई प्रचण्डले गरे कारवाही

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यानमा वाम गठबन्धनविरुद्ध वागी उम्मेदवारी दिएका माओवादी केन्द्रका नेताहरु

– मिना बुढाथोकी

सल्यान, २३ कात्तिक । सल्यानमा बाम गठबन्धन विरुद्ध उम्मेदवारी दिएका बागी उम्मेदवार र तिनका समर्थकलाई पार्टी सदस्यता नरहने गरि माओवादी केन्द्रले कारवाही गरेको छ । जिल्लाका माओवादी केन्द्रका ९ जना नेतालाई पार्टीले कारवाही गरेको माओवादी केन्द्रले जनाएको छ ।

पार्टीका पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्यका बागी उम्मेद्वार उमाकान्त शर्मा, संघीय सभाका उम्मेद्वार पार्टीका पोलिटब्यूरो सदस्य भीम प्रकाश शर्मा, जित बहादुर पुनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको माओवादी केन्द्रका जिल्ला ईन्चार्ज नेव बहादुर कवर विवेकले जानकारी दिनुभयो । उनीहरुसंगै समर्थक तथा प्रस्तावकलाई समेत पार्टीले कारवाही गरेको उहाँले जानकारी दिनु भएको छ ।

यसरी कारवाहीमा पर्नेमा केन्द्रिय सदस्यहरु प्रमोद श्रेष्ठ, शालिकराम भट्टराई, सेतिराम वली, हरिलाल डिसी, टंक ढकाल र कृति बहादुर राना रहेका छन् । अनुशासनको कार्वाही भन्दैै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले हस्ताक्षर गरेको विज्ञप्तीमा उनिहरुलाई कार्वाही गरेको जनाइएको हो ।