कञ्चनपुर, २३ कात्तिक । जनता ठूलठूला भाषण गर्नेलाई होइन् विकास गर्ने नेतालाई मत दिन आतरछन् भन्ने पछिल्लो ज्वलन्त उदाहरण हो, कञ्चनपुरको क्षेत्र नम्बर ३ अन्तरगत महाकाली नगरपालिका १० को कुतियाकबर ।
यहाँका जनताले गाउँमा पुल बनाई दिने यस क्षेत्रका उम्मेदवार रमेश लेखकलाई मत दिने सामुहिक निर्णय गर्दै बिहीबार सिंगो गाउँ नै कांग्रेस प्रवेश गरेको हो ।
जोगबुडा नदीमा पुल नहुदा यहाँका बालबालिका बर्खा याममा स्कुल जानबाट समेत बन्चित थिए । यसका साथै बिजुलीबत्तीको पनि समस्या थियो । बिसं २०७० को निर्वाचनमा यो गाउँमा पुगेर नेपाली कांग्रेसका नेता रमेश लेखकले आफू निर्वाचित भए यथासक्य पुल र बिजुली बत्तीको व्यवस्था गर्ने वचन दिएका थिए ।
निर्वाचित भएपछि नेता लेखकले ती गाउँवासीका समस्या बिर्सेनन् र दुई वर्षमै झोलुंगे पुल र सोलार प्यानल जडान गरि गाउँलेलाई आवत जावतमा सहज र गाउँ नै उज्यालो बनाइदिए । पुल बनेपछि त्यहाका बालबालिकाले सहज रुपमा स्कुल पढ्न पाए ।
फेरि अर्को निर्वाचनका लागि मत माग्न त्यहाँ पुगेका नेता लेखकलाई गाउँलेहरुले हार्दिक स्वागत मात्र गरेनन् नेपाली कांग्रेसलाई मत दिने संयुक्त निर्णय नै गरे । नेविसंका नेता अशोक बिष्टका अनुसार कांग्रेसलाई सिंगो गाउँले मत दिने पछि नेता लेखकले उनीहरुलाई अविर, माला लगाइदिएर सदस्यता प्रदान गरेका थिए ।
संयुक्त निर्णय गरेपछि पछिल्ला दिनमा कञ्चनपुरमा कांग्रेसका पक्षमा जनलहर बढ्दै गइरहेको छ । हिजोमात्र क्षेत्र नम्बर ३ अन्तरगत भएका तिनवटा आमसभामा सयौं बामघटकका नेता कार्यक्रता कांग्रेस प्रवेश गरेका थिए ।













प्रतिक्रिया