बारा, २३ कात्तिक । नेकपा एमाले जिल्ला सचिवालय कमिटी बाराको बिहीबार बसेको बैठकले केन्द्रिय सदस्य एवम बारा इन्चार्ज बलबिर चौधरीको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
राष्ट्रियता, समृद्धि, विकास र समानताका लागि निर्माण गरीएको बामगठबन्धनका साझा उम्मेदबारलाई आफनो अमुल्य मत दिई जिताउन बाराका स्थानीयसँग एमाले बाराले आहवान गरेको प्रचार बिभाग प्रमुख मनोज पौडेलले जानकारी दिए । बैठकले संयुक्त भेला आयोजना गरी प्रचार प्रसारलाई अघि बढाउन स्थानीय कमिटीलाई निर्देशन दिएको छ ।
त्यसैगरी बैठकले पार्टीको आधिकारीक उम्मेदवारको बिरुद्धमा बागी उम्मेदवारी दिने भरत खडका, भरत घले, मोजाहिर अंसारी, जफरुल अंसारी र कलामुदिन अंसारीलाई गरिएको कारवाहीको अनुमोदन समेत गरेको छ । बैठकले बागी उम्मेदवारका प्रस्तावक र सर्मथकहरु कपुर राज पुरी, सुनिल साह र विशाल शाह ‘अनिल’लाई पार्टीको सम्पुर्ण जिम्मेवारीबाट मुक्त गदै सदस्यता समेत खारेज गरेको छ । साथै, बैठकले पार्टीको पक्षमा दृढतापूर्वक उभिन सम्पुर्ण पार्टीका कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।
जिल्ला कमिटी अध्यक्ष सुन्दर बिकको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य बलबरि चौधरी, सहइन्चार्ज दिनेस राई, केन्द्रिय सल्लाहकार सदस्य अच्युत मैनाली, नेपाल खेलकुद महासंका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेल, प्रदेस नम्बर २ का सदस्य सिता गुरुङ, छबिलाल उप्रेती, कल्याणी चौधरी, केन्द्रीय कृषि विभागका सदस्य पलट चौधरी, केन्द्रीय युवा तथा खेलकुद विभागका सदस्य किशोर शर्मा लगायतको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया