११ मंसिर २०८३, शुक्रबार

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा उभियो विवेकशील साझा

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ कात्तिक । विवेकशील साझा पार्टीले आफू प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीकै पक्षमा रहेको बताएको छ । पार्टीको घोषणापत्रमा स्थिर सरकारका लागि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री उपयुक्त हुने उल्लेख गरिएको छ ।

‘वेस्टमिन्स्टर मोडेलको संसदीय प्रणालीले अस्थिर सरकार, अप्राकृतिक सत्ता समीकरण लगायतका विकृति निम्त्याएको सन्दर्भमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सहितको शासकीय स्वरुप उपयुक्त हुने पार्टीको ठहर छ,’ आसन्न निर्वाचनको लागिग पार्टीले तयार पारेको घोषणापत्रमा भनिएको छ ।

विवेकशील साझा पार्टीको घोषणापत्र भोलि सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।