११ मंसिर २०८३, शुक्रबार

कसरी विवादमा तानिए डोटीका एमाले नेता आलेमगर ? यस्तो छ घटनाको नालीबेली

13k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एमाले नेता प्रेम आले र सहयोग पाएकी एचआईभी संक्रमित महिला

– झलक पाली

डोटी, २३ कात्तिक । नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य एवं डोटी इञ्चार्ज प्रेम आलेमगर निर्वाचनको मुखैमा विवादमा तानिए ।

प्रतिनिधी सभा निर्वाचन सदस्य पदमा डोटी बाम गठबन्धनका साझा उम्मेदवार समेत रहेका आलेमगरले निर्वाचन आचार संहिता लागेको बेलामा गाउँमा पैंसा बाँडेको भन्दै एक फोटो सहित समाचार बाहिर आएपछि उनि विवादमा तानिएका हुन् ।

कुरा २०७४ कार्तिक २१ गतेको हो । डोटीको पूर्वीचौकी गाउँपालीका ४ सानागाउँमा बामगठबन्धनका साझेदार नेकपा एमाले र नेकपा माओवादी केन्द्र डोटीको संयुक्त बैठक तथा अगुवा कार्यकर्ता भेला आयोजना गरिएको थियो ।

कार्यक्रममा धेरै मानिस जम्मा भएको थाहा पाएपछि अकस्मात एक महिला आर्थिक सहयोगको गुहार माग्दै कार्यक्रम स्थल पुगिन् । उनले रुँदै आफ्नो कथा व्यथा सबैलाई सुनाउँदै गरेपछि स्थानीय जनता, एमाले, माओवादी समर्थक कार्यकर्ताहरुले कसैले ५०, कसैले १ सय त, कसैले ५ सय गर्दै करिब ३० हजार रकम जम्मा भयो र त्यो रकम ति महिलालाई बुझाईयो । सबैले सामूहिक रुपमा संकलन गरेको रकमसहित ति महिला र एमाले नेता आलेमगर सहितको एक फोटो सामाजिक सञ्चालमा सार्वजनिक भयो ।

सोहि फोटोलाई आधार बनाउँदै एमाले नेता आलेमगरले निर्वाचनमा मतदातालाई पैंसा बाँड्दैछन् भन्ने टिकाटिप्पणी हुन थालेपछि डोटी समाचार डट ब्लग स्पट डट कममार्फत समाचारको शैलीमा एकतर्फी रुपमा प्रचार भयो । कतिपय मिडियाहरुले सोहि ब्लग स्पटमा लेखिएको कुरालाई आधिकारिक समाचार बनाईदिए ।

यसैलाई आधार मानी हाम्रा कुरा डटकमले लेखेको समाचार हित संलग्न गरी निर्वाचन आयोगले प्रेम आलेमगरलाई उम्मेदवारी किन खारेज नगर्ने भन्दै बुधबार २४ घण्टे म्याद सहितको स्पष्टिकरण समेत सोधेको छ । यस विषयमा एमाले नेता प्रेम आलेमगरले आयोगलाई जवाफ दिने तयारीमा रहेको जानकारी दिएका छन् ।

झुटो कुरा मिडियामा ल्याउने अवैध ब्लग स्पटलाई कडा कारवाहीका लागि प्रक्रियामा जाने र निराधार कुराको कुनै पुष्टी नगरी समाचार नबनाई दिन सञ्चारमाध्यमलाई एमाले नेता आलेमगरले आग्रह समेत गरेका छन् ।

को हुन् आर्थिक गुहार माग्ने महिला ?

डोटीको पूर्वीचौकी गाउँपालीका वडा नं. ६ गाँजरी बास्कोट गाउँकी अन्दाजी ४० वर्षकी चन्नरी भण्डारी एक एचआईभी संक्रमित एकल महिला हुन् । उनका श्रीमान हरी भण्डारीको आजभन्दा झण्डै २ वर्ष पहिले एचआईभी/एड्सका कारण निधन भईसकेको छ । धेरै लामो समयदेखि एआटी खाँदै गरेकी उनले जम्माजम्मी ९ सन्तानको जन्म दिईन् । उनका पहिलेका ५ सन्तानहरुको मृत्यु भईसकेको उनी बताउँछन् । हाल उनको साथमा २ छोरी र एक छोरा छन् । एउटी छोरीको विहे भईसकेको छ । कोहि पनि सन्तान स्कुल पढाउन नपाएको उनले दुःखेसो गरिन् ।

लामो समय भारतमा जीवन बिताएका उनका श्रीमानले आफ्नो जग्गा जमिन समेत बेचिदिएको उनी बताउँछिन् । आँशु झार्दै स्थानीय भाषामा उनले भनिन्–‘मैलाई मसानघाटमी जलाउन मात्तरै बाँकी छ, मेरो कोहि पनि छैन हजुर, मलाई कसैको सहयोग पनि छैन । पोरु (अस्ती) मलाई सानागाउँमी सबै दाजुभाईले सक्याको सहयोग अर्या हो, यैको लगै विरोध भयो भन्न लाग्या । मै जसा दुःखारीलाई दिएको के खेर जानो हो ?’

तपाईलाई एमाले नेता प्रेम आलेमगरले पैंसा बाँड्यो भनेर समाचार बनेको छ नि ? भन्ने प्रश्नको जवाफमा उनले आफुले प्रेम आलेलाई चिन्दै नचिनेको र धेरै मानिस जम्मा भएको ठाउँमा कसले–कसले पैंसा संकलन गरेर दियो भन्ने कुरा आफुलाई थाहा नभएको बताईन् ।

आफु जस्तो संकटमा परेका मानिसलाई कसैले आर्थिक सहयोग गरेको कुरामा विरोध गरेर सहयोग गर्नेहरुलाई पनि सहयोग नगर्ने बनाईदिएको उनको बझुाई छ ।

लामो समयदेखि सिडिएफ नामक सँस्थाको सहयोगमा र हाल जिल्ला अस्पताल डोटीबाट एआरटी सेवन गरिररहेको उनले बताईन् । रुँदै भनिन्– ‘अर्काको काम अरिबट (गरेर) ३ सन्तान रे आफनो पेट पाल्लु पडन्छ, कहिल्यै त भोकभोकै औषधी पनि खानु पड्या छ, एक चेलो छ्यो (थियो) त्यैको लगै पिसाब नलीमी समस्या छ, त्यैको उपचारखिलाई सहयोग चाहिएको छ ।’

उनी वडा कार्यालयको सिफारिस सहित अहिले पनि आर्थिक सहयोगको गुहारमै छिन् ।

आफ्ना कुनै पनि सन्तानहरुमा एचआईभी नदेखिएको र तीन वर्षीय छोरा करनको पिसाब नलीमा भएको समस्या देखाउँदै उनले अँझै पनि आफ्नो छोराको जीवन रक्षाका लागि मानवीय सहयोगको गुहार गरेकी छन् ।