२ कार्तिक २०८३, सोमबार

यी हुन् आगामी चुनावमा उम्मेदवार बनेका भाग्यमानी दम्पत्ती

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ कात्तिक । आगामी मंसिरमा हुने चुनावमा उम्मेदवार बन्नको लागि केही नेताले टिटक नपाउँदा उनीहरुको गाउँमा नै रुवावासी छ । केहीले पार्टी नेतृत्वको निर्णय प्रति असन्तुष्टि जनाउँदै पार्टीको सम्भावितत कारवाहीको वास्ता नगरी बागी उम्मेदवार नै दिए । केही टिकट नपाएकाहरुले त पार्टी नै परित्याग गरे र केहीले टिकट पाउने आशामा अन्य पार्टीमा प्रवेश गरे । कतिले अर्को पार्टीबाट टिकट पाए, कतिले पाए धोका मात्रै ।

भनिन्छ राजनीतिमा जेपनि सम्भव छ । पार्टीमा दशकौँ लामो योगदान गरेर पनि चुनावको टिकट नपाइरहेका विचमा यस्ता भाग्यमा मानिसहरु पनि छन्, जसका श्रीमान् श्रीमती नै आगामी निर्वाचनमा उम्मेदवार बन्दै छन् । यस्तो अवस्था काँग्रेस, एमाले, माओवादी सबैमा देखिएको छ ।

माओवादी केन्द्र

यस पटकको चुनावमा माओवादी केन्द्रबाट धेरै दम्पत्तीले साथमा नै चुनाव लड्दै छन् । पूर्व सभामुख ओनसरी घर्ती मगर माओवादी केन्द्रको आदिवासी जनजाती महिलाअन्तर्गतको कोटाबाट समानुपातिकमा सांसद् बन्ने तयारीमा रहँदा उनका श्रीमान नेता वर्षमान पुन रोल्पाबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् ।

पूर्वगृह मन्त्री समेत रहेका माओवादी नेता शक्तिबहादुर बस्नेत प्रतिनिधि सभामा जाजरकोटका उम्मेदवार हुन् । उनकी श्रीमती सत्या पहाडी पनि प्रतिनिधि सभाकै लागि समानुपातिकतर्फ उम्मेदवार बनेकी छिन् । पहाडी पनि पूर्वमन्त्री हुन् । त्यस्तै रोल्पा ‘क’ बाट नेता कुलबहादुर केसीले प्रदेश सभामा उम्मेदवारी दिइरहँदा उनकी श्रीमती तारा घर्ती केसी समानुपातिकमा चुनाव लड्दै छिन् ।

भाग्यमानी श्रीमान् श्रीमती सूचीमा माओवादी नेता देव गुरुङ र श्रीमती यशोदा सुवेदी गुरुङ पनि परेका छन् । गुरुङ लमजुङमा प्रत्यक्षतर्फबाट उम्मेदवार बनेका छन् भने श्रीमती यशोदा समानुपातिककी उम्मेदवार हुन् । नेता हितमान शाक्य काठमाडौं–१० बाट चुनावमा उठीरहँदा श्रीमती अमृता थापा मगर पनि समानुपातिककी उम्मेदवार बनेकी छिन् ।

नेकपा (एमाले)

नेकपा (एमाले)तर्फ यस्ता ५ भाग्मानी दम्पत्ती देखिएका छन् । एमाले उपाध्यक्ष बामदेव गौतम बर्दियाबाट प्रतिनिधि सभा सदस्यका लागी उम्मेदवार छन् भने उनी श्रीमती तुलसा थापा समानुपातिको सूचीमा हुनुहुन्छ । एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाङ–२ (क)मा प्रदेश सभाका उम्मेदवार हुन् । यता उनकी श्रीमती सुजिता शाक्य प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचीमा परेकी छिन् । एमाले केन्द्रिय सदस्य रघुवीर महासेठले धनुषा–४ बाट प्रत्यक्षतर्फमा प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका छन् । उनकी श्रीमती जुलीकुमारी महतोले पनि प्रतिनिधि सभामा नै समानुपातिकको टिकट पाइन् ।

एमाले नेता कृष्णगोपाल श्रेष्ठ काठमाडौं १० बाट उम्मेदवार बनिरहँदा उनकी पत्नी बिना पनि समानुपातिकको सूचीमा परेकी छिन् । सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभाका लागि चुनाव लड्न लागेका शेरबहादुर तामाङकी श्रीमती उषाकला राई पनि प्रदेश नम्बर १ बाट प्रदेश सभा सदस्यको समानुपातिकमा चुनाव लड्दै छिन् ।

काँग्रेस

नेपाल काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबा र देउबा पत्नी आरजु राणा आगामी चुनावका उम्मेदवार हुन् । देउबा डडेल्धुराबाट चुनाव लड्दै छन् भने उनी श्रीमतीले कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छिन् । काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँण दुवै जना समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा परेका छन् ।