११ मंसिर २०८३, शुक्रबार

सत्तामा एमाले बस्छ, कांग्रेस अब प्रतिपक्षमा बस्ने हो : केपी ओली

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले लोकतन्त्र र एमालेका विरुद्ध केही तत्वहरूले भ्रम फिजाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौंको चाबहिलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्रप्रति एमाले प्रतिबद्ध रहेको बताए । उनले भने, ‘लोकतन्त्रप्रति हामीलाई आशंका गर्ने । नानाभाँती भनेर कम्युनिष्टलाई सिध्याउछु भन्ने ?’

ओलीले एमालेको लोकतन्त्रप्रतिको निष्ठा र प्रतिवद्धताप्रति प्रश्न उठाएको भन्दै कांग्रेसको आलोचना गरे । उनले एमालेविरुद्ध प्रहार गर्ने कुरा सैह्य नहुने बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोश व्यक्त गर्दै कांग्रेसलाई विपक्षमा पुगाइदिने चेतावनी दिए । ‘सत्तामा हामी बस्छौँ । शेरबहादुर देउवाजी प्रतिपक्षमा बस्नु हुन्छ । अब सरकार हामीले चालउने हो ।’

एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुने बताएका ओलीले भने, ‘वाम गठबन्धन मात्रै होइन । निर्वाचनपछि पार्टी एकीकरण हुन्छ । त्यसतर्फ गएका छौँ ।’