मेलबर्न । अष्ट्रेलियाकी विदेशमन्त्री मन्त्री जुली विशप नेपाली विद्यार्थीले भिसा आवेदन दिँदा आइपर्ने अप्ठेरोहरूलाई सहज बनाइदिने कुरामा सकारात्मक देखिएकी छिन् ।
भेटमा नेपाली राजदूत लक्की शेर्पाले मन्त्रि विशप समक्ष सो प्रस्ताव राखेकी हुन् ।
भेटको क्रममा, नेपालमा अहिलेसम्म अष्ट्रेलियाबाट मन्त्रीस्तरीय भ्रमण नभएको जानकारी पाएपछिअष्ट्रेलियाकी विदेशमन्त्री मन्त्री जुली विशप आश्चर्यमा परिन् ।
नेपाललाई भूकम्पको बेला सहयोग गर्नका लागि पहल गर्नेमध्येकी एक मन्त्रि विशपले आफू नेपाल जान ईच्छुक रहेको र अन्य उच्चस्तरीय भ्रमणका लागि पनि पहल गर्ने बताइन् ।
उक्त भेटमा न्यूसाउथवेल्स्का मेम्बर अफ पार्लियामेन्ट डेभिड कोलम्यान पनि सहभागी थिए ।
युवा उद्यमशीलताको विकासमा अष्ट्रेलियाले नेपालमा केही गर्नुपर्छ भन्ने कुरा समेत आफूले राखेको राजदूत शेर्पाले बताएकी छिन् ।
पछिल्लो समय राजदूत शेर्पाले नेपाली विद्यार्थीको समस्यालाई अष्ट्रेलियाको सरकार समक्ष आधिकारिक रुपमा राख्ने प्रयत्न गर्दै आएकी छिन् ।















प्रतिक्रिया