२९ आश्विन २०८३, बिहिबार

एसबीआई बैंकको चन्द्रनिगाहपुर शाखाबाट २० लाख लुटपाट, लुटेरा फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

200px-NepalSBI-Logoरौतहट, २ मंसिर । नेपाल एसबीआई बैंकको चन्द्रनिगाहपुर शाखाबाट झिकेर अर्को बैंकमा लैजादैँ गरेको करिब २० लाख रुपैयाँ लुटपाट भएको छ ।
पेस्तोलधारी चार–पाँच जनाको अज्ञात समूहले मंगलबार दिउँसो सुरक्षा गार्ड र कर्मचारीहरुलाई नियन्त्रणमा लिएर लुटपाट गरेको हो ।  इन्फ्रास्टक्चर बैंकका सहायक मेनेजर तेजबहादुर कार्की र सुरक्षा गार्ड उज्वल रिजालले एसबीआई बैंक शाखामा भएको रकम निकालेर ल्याउँदै गर्दा अज्ञात समूहले गोली चलाई रकम लुटेको हो।
बैंकबाट उनीहरुले करिब २० लाख रुपैयाँ लुटपाट गरेर लगेको प्रहरीले जानकारी दिएको छ ।  लुटेराहरुसँग प्रतिकार गर्दा बैंकका सुरक्षा गार्डको खुट्टामा गोली लागेको छ ।
लुटेराहरुको जिल्लाका सिमा नाकाहरु बन्द गरेर खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।