११ मंसिर २०८३, शुक्रबार

चुनावमा विपक्षीसँग डटेर सामना गर्छौँः नेपकिपा अध्यक्ष बिजुक्छे

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो ।

भक्तपुर, २२ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न निर्वाचनमा विपक्षीसँग डटेर सामना गर्ने बताएका छन् । पार्टीले भक्तपुरमा बुधबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले नेमकिपा कुनै पनि ठाउँमा झुकेर नबस्ने बताए ।

चुनावमा पैसा बाँड्ने, प्रलोभनमा पार्ने र गुण्डागर्दीबाट चुनाव जित्न खोज्ने सक्रिय रहेको चर्चा गर्दै उनले त्यस्ता दल र उम्मेदवारहरुलाई परास्त गर्नुपर्नेमा जोड दिए । सभामा नेमकिपा केन्द्रीय सचिव एवं प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवाल, केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, क्षेत्र नं २ का उम्मेदवार अनुराधा थापामगर, क्षेत्र नं २ (क)का उम्मेदवार सरोजराज गोसाईँ, क्षेत्र नं १(ख) का उम्मेदवार सुरेन्द्रराज गोसाईँ, क्षेत्र नं १ (क) का उम्मेदवार नीरज लवजू र क्षेत्र नं २ (ख) का उम्मेदवार प्रेमजन थापालगायतले चुनावमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए ।