काठमाडौँ, २२ कात्तिक । एनआईसी एशिया बैंकले विभिन्न स्थानमा थप ५ शाखा विस्तार गरेको छ । बैंकको ५ नयाँ शाखा कार्यालयहरु, भिमेश्वर नगरपालिकावडा नं. ३, दोलखास्थित चरिकोट शाखा, घोडाघोडी नगरपालिका वडा नं १०, कैलालीस्थित पहलमानपुर शाखा, केराबारी गाउँपालिका वडा नं ८ स्थित केराबारी शाखा, भगवानपुर गाउँपालिका, वडा नं. ४, सिरहा स्थित भगवानपुर शाखातथा नरहागाउँपालिका, वडा नं. ०६, सिरहा स्थित नरहा शाखाको बुधबार एक समारोहका बिच उद्घाटन गरिएको थियो ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । सो नयाँ ५ शाखा कार्यालयहरुको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १३५ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरहरुबाट ग्राहकलाई बैंकिङ सेवा दिइरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।















प्रतिक्रिया