११ मंसिर २०८३, शुक्रबार

नवराज सिलवालः धान काट्दै जनतासँग भोट माग्दै ! (फोटो फिचर)

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । नेपाल प्रहरीका पूर्व डीआईजी एवं वाम गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज सिलवालले भोट माग्न नयाँ तरिका अपनाएका छन् ।

अहिले मतदाता खेतबारीमा धानवाली भित्र्याउन व्यस्त रहेका बेला सिलवाल पनि खेतमै पुग्न थालेका हुन् । उनले आफ्ना एजेण्डा र योजनाहरु मतदातालाई काममा सघाउँदै खेतमै गएर सुनाउने गरेका छन् । बुधबार सिलवाले आफ्नो क्षेत्रमा पर्ने मतदाताको खेतमा गएर धान काटेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।