११ मंसिर २०८३, शुक्रबार

चुनाव नजिकिदै गर्दा देशका विभिन्न स्थानबाट सार्प सुटर पक्राउ

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ कात्तिक । प्रहरीले बाँके, खोटाङ तथा गोरखाका विभिन्न स्थानबाट हतियारसहित मानिस पक्राउ गरेको छ । आगामी मंसिरमा हुने प्रदेश सभा तथा प्रतिनीधि सभा निर्वाचनको मिति नजिकिदैँ गर्दा प्रहरीले यस्ता हतियारधारी मानिसहरुलाई पक्राउ गरेको हो ।

सल्यान थारमारे नगरपालिका–७ कोटबारा बस्ने २८ बर्षीय रमेश योगीलाई प्रहरीले एअर पेस्तोल १ थान र सोको गोली (छर्रा) ४५ थान सहित पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आइरहेका योगीलाई बुधबार नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुना चेक पोष्ट नजिक प्रहरीले चेकजाँच गर्दा उक्त पेस्तोल र गोली बरामद भएको थियो ।

त्यस्तै, खोटाङस्थित दिप्रुङ गाउँपालिका-४ बतासे स्थित जंगलबाट प्रहरीले गत मंगलबार भरुवा बन्दुक १ थान र १५० ग्राम बारुद बरामद गरेको छ । प्रहरीले उक्त घटनाको अनुसन्धानको लागि सोही ठाउँ बस्ने २१ बर्षीय दिपक राई र २० बर्षीय सुमन राईलाई नियन्त्रणमा लिएको छ ।

यता गोरखाको भिमसेन गाउँपालिका-३ धावा चोकबाट प्रहरीले CALL 9 MM PAK लेखेको पेस्तोल १ थान र सोको म्याग्जिनमा लोड गरेको ३ राउण्ड गोली बरामद गरेको छ । आरुघाटबाट गोरखातर्फ जादै गरेको बा ७३ प ३३८६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्न खोज्दा मोटरसाइकल चालकले साथमा रहेका झोला जंगलतर्फ फाली भागेका थिए । प्रहरीले झोला खोली हेर्दा उक्त पेस्तोल बरामद भएको हो । फरार व्यक्तिको प्रहरीले खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।