११ मंसिर २०८३, शुक्रबार

यस्तो छ एउटै मट्यांग्राले दुई चरी खसाल्ने रामहरीको दाउ

11.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा, २२ कात्तिक । यो शीर्षकमा लेखिरहँदा तपाइ काँग्रेसजनलाई अतिरञ्जित आरोप भन्ने लाग्न सक्छ । तर, यसलाई आरोप मात्रै मानिरहँदा तपाईले मंसिर १० पछि आउने नतिजाको मात्रै विश्वास गनुर्् हुने छ । यद्यपी यसका केही आधारहरुलाई तथ्यसहित यहाँ उल्लेख गर्न तर्कसँगत हुन्छ । रामहरि खतिवडाकै प्रयासमा निर्वाचन क्षेत्र २ मा गएर प्रदेश सभा सदस्यका उम्मेदवार बनेका काँग्रेसका जिल्ला सभापति प्रदिप सुनुवार क्षेत्र नं. १ मा उम्मेदवार बनेका भए पनि उनको जीत सहज थियो । तर, उनी २ मा जानुको मुख्य कारण नै रामहरि खतिवडा हुन् ।

उनले आफ्नो जीत सुनिश्चितताका लागि क्षेत्र २ मा संगठनको आधार देखाएर प्रदेशमा जिताउने, संघमा आफु जित्ने ठोकुवाका साथ चुनावी मैदानमा उतारेका हुन् । सुनुवार उता जानुको मुख्य कारण त्यस क्षेत्रमा जितेका ३ गाउँपालिकाका प्रमुख उपप्रमुख सुनुवारको गुटका नेता रहेको र संगठन मजबुद रहेको उनको आंकलन थियो । उता खतिवडा जनजाति विरोधीका रुपमा पार्टीभित्र गनिएका भएकाले त्यस क्षेत्रको जनजातिको भोट सुनुवारले छेकिदिए आफु चुनाव जित्ने गणितमा भर परेका थिए । यही कारण संघमा टिकट दावी गरिरहेका सुनुवार प्रदेश २ मा गएर उठ्न राजी भए ।

प्रदिप हराउन रामहरि लाग्नुका स्वार्थ यस्ता छन्

ओखलढुंगामा देउवा गुट बाहेक अन्य गुट रामहरि र प्रदिप मिलेरै रिङ आउट गरे । स्थानीय तह निर्वाचनमा टिकट पाएका आफ्ना गुट इतरका एक मात्र त्यागि नेता टेकराज भट्टराई थिए । उनी विरुद्ध प्रदिप सुनुवार र रामहरि खतिवडा मिलेर क्याम्पियनिङ नै गरे । यही कारणले चिसंखुगढी गाउँपालिकामा उनलाई असहयोग गर्न सेर्ना र रातमाटेका कांग्रेस कार्यकताहरु तयार भएर प्रमुख पदमा हसिया हथौडामा भोट हाल्न लगाइ उनलाई गाउँपालिका प्रमुखमा हराउन सफल भए ।

उनीहरुका एन्टी गुटका बालकृष्ण दाहाल ०७० को संविधान सभाको चुनावमै हारेपछि ठेगान लागेका थिए । पार्टी राजनीतिमा एन्टी गुट सून्य बनाउने अभियानमा उनीहरु झण्डै झण्डै सफल भए । क्षेत्र नं. १ मा स्थानीय तहको असहयोगको गुन दाहाल र भट्टराईहरुले फेर्ने हुन् कि भन्ने त्रासले पनि काम गर्यो । रामपुरका दाहालहरु सुनुवारका विपक्षमा थिए छदै थिए, यता जिल्ला समन्वय समितिको सभापति दानवबहादुर बानियालाई बनाउने सर्तमा वानिया वडा अध्यक्ष उठेका थिए । तर, अन्तमा खतिवडाकै कारण जयबहादुर श्रेष्ठलाई बनाएपछि डिल्ली खनाल र दानबहादुर बानियाले समेत असहयोग गर्ने भएको निष्र्कषका साथ प्रदिप रामहरिको क्षेत्र २ मा गए ।

१. पार्टी राजनीतिमा प्रतिस्पर्धी

अहिले चुनाव लड्दा प्रतिस्पर्धीजस्ता नदेखिए पनि प्रदिप र रामहरि पार्टीभित्रको राजनीतिमा अबका मुख्य प्रतिस्पर्धी हुन्, त्यसमा पनि एकै गुटका । दुई कार्यकाल सभापति भएका सुनुवार अब केन्द्रिय सदस्यका उम्मेदवार पनि हुन् । तीन पटक सम्म चुनाव हारेका खतिवडाको केन्द्रिय सदस्य देउवा गुटबाट टिकट पाएरै हुने अन्तिम ईच्छा छ । अझ रोचक त के छ भने दुई दुई पटक पार्टी सरकारमा जाँदा मिडियाले मन्त्री बनाइदिएका खतिवडा साँच्चै मन्त्री भएनन् ।

यस पटक उनलाई जसरी पनि चुनाव जित्ने मात्रै होइन, पार्टीको केन्द्रिय सदस्य बन्नु छ । तर, शेरबहादुर देउवा खतिवडालाई भन्दा सुनुवारलाई बढी विश्वास गर्छन् । यही कारण उनले यो चुनावमा सुनुवारलाई हराएर आफु मात्र जिते मात्रै एकल दावेदार हुने उनको ठम्याइ छ । उनले चुनाव हार्दा ५ वर्ष राजनीतिक जीवन पूर्व सांसदको हैसियतमा मात्र हुने छ । यही कारणले प्रदिप हराएर पनि उनी ओखलढुंगाबाट एक्लै चुनाव जित्न चाहान्छन् ।

विद्रोहीको भर्याङमा भोट मागे

यही कारण अहिले खतिवडाको चुनावी अभियानमा खटेका कार्यकर्ता र उनी आफै एक भोट संघमा मलाइ दिनुहोस् म सबै माग पुरा गराउँछु भन्दै हिडेका छन् । सुनुवार अनुपस्थित एक कार्यक्रममा त उनले ‘बरु प्रदेशमा भर्याङलाई दिनु एक भोट चै रुखमा मलाई’ भन्न भ्याए । उनले सभापति क्षेत्र फेरेर आएपछि विद्रोही उम्मेदवारी दिएका ज्ञानेन्द्र रुम्दालीको कतै विरोध गरेका छैनन् । बरु एउटै मञ्चमा कार्यक्रम गर्न आग्रह गरेका छन् । रुम्दाली पनि सुनुवारको मात्र विरुद्धमा उत्रिएका छन् ।

खतिवडाले आफ्नै क्षेत्रमा लगेर उठाए पनि मलाइ एक भोट मात्र संघमा दिनु भनेर माग्नु, विद्रोहीलाई एकै मञ्चबाट चुनावीसभा गर्न पटक पटक आह्वान गर्नु, असन्तुष्ट बनेर ज्ञानेन्द्रलाई बागी उम्मेदवार बनाएर विद्रोह गरेका बालकृष्ण दाहाल, कुमार लुइटेलहरुले एकाएक प्रचारमा उत्रिएर खतिवडालाई एक भोट मात्र माग्नु जस्ता कारणले उनी नियोजित रुपमै आफ्ना सहयात्री प्रदिप सुनुवार हराउन लागेको पुष्टि हुन्छ । खतिवडाको चुनावी अभियानमा हिडेका एक जिल्ला नेताका अनुसार प्रदेश सभामा प्रदिपका भोट गठबन्धन वा भर्याङमा दिन लागएर भए पनि व्यक्तिगत भोट बढाउन खतिवडाले कसरत गरेका छन् । यही कारणले उनी एक भोट मात्र माग्दै हिडेको उनले बताए ।
प्रचार अभियानमा जिल्लाको पश्चिमी भूभाग घुमेर जिल्ला फर्किदा सदरमुकाम भेटिएका अर्का नेताका अनुसार खतिवडा ज्ञानेन्द्र रुम्दालीलाई साथ लिएर मात्रै संघमा आफ्नो भोट सुरक्षित गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेकाले रुम्दालीलाई नजिकै राखेर आफु मात्र चुनाव जित्न सकिने निचोडमा पुगेका हुन् ।

२. प्रतिस्पर्धीको हेभीवेटः माओवादी मतदाता भड्काउने रणनीति

खतिवडाका प्रतिस्पर्धी एमालेका यज्ञराज सुनुवार वामगठबन्धनका साझा उम्मेदवार बनेका छन् । उनी खतिवडाभन्दा अंकगणितमा अगाडी छन् । यही कारणले सुनुवार हराउनु उनका लागि फलामको चिउरा चपाउनु हो । एमालेका कार्यकताहरुलाई कहिले गुरु लुइटेलको घटना त कहिले वालकृष्ण ढुंगेलको विषय उछालेर भड्काउन प्रयास गरिरहेका खतिवडाले निर्वाचन क्षेत्र नं. २ मा एउटा नारै बनाएको एक जिल्ला सदस्यले जानकारी दिए । उनका अनुसार ‘एक भोट वाम एक भोट राम भन्दै’ माओवादी कार्यकर्ता आफ्नो पक्षमा तान्न नारा नै लगाएका छन् । उनको अनुसार यो नारा अहिले मानेभञ्ज्यांग र सुनकोसी गाउँपालिकामा चर्चामा छ । त्यस क्षेत्रमा चुनावी अभियान नपुग्दै खतिवडाले एक भोटको नारा फ्याकेका छन् । यसले प्रदिप सुनुवारलाई सिधा धक्का लाग्दैछ । यही नारा अनुसार मतदानसम्म चुनावी अभियान चलाएमा सुनुवार हार्ने र खतिवडालाई सेफ जोनमा धकेलिन सक्ने उनको ठम्याइ छ । यसरी सहयात्रीलाई काखमा राखेर घाँटी रेट्ने खतिवडाको रणनीति सुनुवारले बुझेर वा नबुझेर संघ र प्रदेशमा काँग्रेसलाई भोट मागेर इमान्दारिता देखाइरहेको चर्चा शुरु भएका छ ।

एउटै मट्यांग्राले दुई चरीको शिकार

प्रदेश सभा क्षेत्र १ मा चर्को विवादकै बीचमा टिकट ल्याएका नेता मित्रसेन दाहाल हराउन रामपुरेहरु ने अभियानमा छन् । सँगै अभियानमा हिडेका टोली नै पछि पछि वाम गठबन्धनमा भोट माग्न थालेका छन् । यसका पछि रामपुरको असन्तुष्टिले मात्र काम गरेको छैन । लिलाभल्दभ दाहालको टिकट खोस्न रामहरि पनि सक्रिय थिए । रामपुरको असन्तुष्टिको आगोमा घ्यू थपेपछि दाहालहरुको राजनीति धरापमा पार्न उनी क्याटलिष्ट बने । पार्टीभित्र दुवैतिर विद्रोह गराएर आफु मात्र सर्वमान्य नेता बनेर काँग्रेसका इतिहास पुरुषहरुको राजनीतिक जस्वन समाप्त पार्ने रामहरिको निहितार्थ काँग्रेस जनले बुझ्न आवश्यक छ ।