
दोलखा, २२ कात्तिक । दोलखा जिल्लामा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य लक्ष्मण गुभाजुसहित सिङ्गो जिल्ला समिति एमालेमा बिलय भएको छ ।
जिल्ला समिति एमालेमा विलय भएपछि सो पार्टीका अध्यक्ष उपेन्द्र यादव तनावमा परेका छन् । पार्टी विलय कार्यक्रममा उनीहरूलाई एमालेका नेताहरूले प्रवेश गराएका हुन् ।
संघीय फोरम त्यागेर एमाले प्रवेश गर्नेहरूमा दोलखा सिन्धुपाल्चोक इञ्चार्जसमेत रहेका केन्द्रीय सदस्य गुभाजु, दोलखा जिल्ला अध्यक्ष इन्द्र तामाङ, उपाध्यक्ष टहलबहादुर थामी, सचिव सोनाम शेर्पा, सहसचिव प्रमिला श्रेष्ठलगायत रहेका छन ।
उनीहरू प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारसमेत हुन् ।
कार्यक्रममा प्रदेश सभा २ का उम्मेदवार रहेका टहल थामीले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे । उनले एमालेका उम्मेदवारहरूलाई जिताउन विशेष भूमिका खेल्ने बताए ।
प्रतिनिधि सभा दोलखाका उम्मेदवारसमेत रहेका लक्ष्मण गुभाजुले पनि एमालेका उम्मेदवारहरूको पक्षमा प्रचार प्रसार गर्ने बताएका छन् ।
कर्याक्रममा एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाई, केन्द्रीय सदस्य पार्वत गुरुङ, पूर्वमन्त्री आनन्द पोखरेल र एमाले जिल्ला अध्यक्ष ईश्वर चन्द्र पोखरेलसहितका नेताहरूको सहभागिता रहेको थियो ।











प्रतिक्रिया