११ मंसिर २०८३, शुक्रबार

नारायणकाजी श्रेष्ठ लडेर घाइते, थुप्रै कार्यक्रम प्रभावित

7.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, २२ कात्तिक । माओवादी केन्द्रका नेता तथा गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ लडेर सामान्य घाइते भएका छन् ।

सौरपानीमा मंगलबार आयोजित चुनावी सभाका क्रममा उनी रडमा अल्झिएर लडेका हुन् । उनको दायाँतर्फ निधार र दायाँ खुट्टामा चोट लागेको छ ।

सोही कारण उनले बुधबार बारपाकमा घरदैलो कार्यक्रम गर्न सकेनन् । बारपाकमा चुनावी सभाका क्रममा पनि उनी गाडीमै कार्यक्रम स्थलसम्म पुगेका थिए ।

घाइते भएपछि नेता श्रेष्ठका थुप्रै कार्यक्रमहरू प्रभावित भएका छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार भएको आफन्तले जनाएका छन् ।