२ कार्तिक २०८३, सोमबार

डोल्पामा कांग्रेसका उम्मेद्वार एमाले प्रवेश

16.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोल्पा(दुनै), २१ कात्तिक । गएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मुड्केचुला गाउंपालिकाको उपाध्यक्षको उम्मेद्वार नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका छन् ।

निर्वाचनको मिति नजिकिदै गएको बेला प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेद्वारहरुले प्रचारप्रसार कार्यलाई झनै तिब्र बनाएका छन् । चुनावी प्रचारप्रसार गर्ने क्रममा मुड्केचुला गाउंपालिका ९ को होर्तमा पुगेको बाम गठबन्धनको प्रचार प्रसार कार्यक्रममै स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गाउंपालिकाको उपाध्यक्षको उम्मेद्वार भएकी लालकुमारी बुढा(रोकाया) सहितका जनाले नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेको होर्तबाट फोनमा लालबहादुर बुढाले बताए ।

उनका अनुसार बाम गठबन्धनका प्रतिनिधि सभा सदस्यको साझा उम्मेद्वार एमालेका धनबहादुर बुढा, एमाले बैकल्पिक केन्द्रिय सदस्य हंशबहादुर शाही, नेकपा(एमाले) जिल्ला कमिटी सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रीय कमिटीका संयोजक लंकबहादुुर रोकायाले खादा, अबिर र फुलपाति लगाएर एमाले प्रवेश गरेका सबैलाई स्वागत गरेका थिए ।

नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गर्नेमा लालकुमारी बुढा(रोकाया), लालचन्द्र बुढा, कर्ण बुढा, निर्मला मल्ल, सूर्य बुढा, गोरिलाल बुढा, रवी बुढा, राजबहादुर बुढा र विष्णु बुढा रहेका छन् । देश र जनताको विकास र हित गर्ने एमाले पार्टी बाहेक अरु कुनै पार्टी नभएको भन्दै एमाले प्रवेश गरेको लालकुमारी बुढाले फोनमा बताईन । उनले थपिन– ‘देश र जनता सबै भन्दँ ठुलो हो । देशको विकास र जनताको हित गर्ने भनेको एमाले रहेछ त्यस कारण म एमाले प्रवेश गरेको हुं म सबैलाई राष्ट्रवादी पार्टी एमालेमा लामबद्ध हुन अनुरोध गर्दछु ।’