५ कार्तिक २०८३, बिहिबार

एनआईसी बैंकले ग-यो कैलाली र जारजारकोटमा शाखा विस्तार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ कात्तिक । एनआईसी एशिया बैंकले कैलाली र जारजारकोटमा २ नयाँ शाखा विस्तार गरेको छ । बैंकले कैलालीको जोशीपुर गाउँपालिका वडा नं. २ र जाजरकोटको भेरी नगरपालिका वडा नं ४ मा विस्तार गरिएको नयाँ शाखाको मंगलबार एक समारोहकाबिच उद्घाटन गरेको छ ।

जोशीपुर गाउँपालिकाका कार्यकारी अधिकृत नारायण बहादुर बिष्ट र अध्यक्ष राम कृष्ण चौधरीले जोशीपुर शाखाको तथा भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तिले जाजरकोट शाखाको उद्घाटन गरेका थिए ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा पनि चाँडै नै थप शाखा विस्तार गर्ने योजना अगाडि सारेको छ ।