२२ कार्तिक २०८३, आइतबार

सिराहामा भरुवा बन्दुक बरामद

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिराहा, २१ कात्तिक । धनगढीमाई नगरपालिका–८ मौवाडाँडा लामाटोलस्थित विश्वनाथ साहको आँप बगैचाबाट २ नाल भरुवा बन्दुक मंगलबार प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय धनगढीमाईको प्रहरी गस्ती टोली सो स्थानमा पुग्दा ३/४ जना मानिसहरु प्रहरीलाई देख्नासाथ भागेपछि खोजी गर्नेक्रममा उक्त भरुवा बन्दुक फेला परेको हो ।

शंकास्पद रुपमा हिँडिरहेको १ जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।