२२ कार्तिक २०८३, आइतबार

कार्यकारी राष्ट्रप्रमुखको लागी बाम एकताः मन्त्री बस्नेत

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–मिना बुढाथोकी

सल्यान, २१ कात्तिक । नेकपा माओबादी केन्द्रका सचिवालय सदस्य तथा बिना बिभागिय मन्त्री टेक बहादुर बस्नेतले देशमा जननिर्वाचित कार्यकारी राष्ट्र प्रमुखको लागी बाम एकता भएको बताएका छन् । उनले देशमा जनताले नै निर्वाचित गरेको कार्यकारी राष्ट्र प्रमुखको आवश्यकतालाई हल गर्न नेकपा एमाले र माओबादी केन्द्र बिचमा बाम एकता भएको बताएका हुन् ।

‘हामी सत्तामा रहदा नेपाली काँग्रेससँग विभिन्न बिषयमा छलफल भएको थियो’ मन्त्री बस्नेतले भने, ‘तर कार्यकारी राष्ट्रप्रमुखलगाएतका बिषयमा नेकपा एमालेसँग कुरा मिल्यो, अनी गठबन्धनसँगै पार्टी एकिकरणको बिषयलाई अगाडी बढायौँ ।’

मंगलबार बामगठबन्धन सल्यानले जिल्लाको सदरमुकाम खलंगामा आयोजना गरेको बाम गठबन्धनको निर्बाचन सम्बन्धी संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । सल्यानबाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका बस्नेतले बाम गठबन्धन बिशुद्ध चुनाबमा मात्र केन्द्रित नभएर पार्टी एकताको अभ्यासमा रहेको पनि जिकिर गरे ।

मन्त्री बस्नेतले भने, ‘देशमा लामो समय सम्म अन्य दलहरुले सरकार चलाए, तर जनताले परिवर्तनको महसुस गर्न पाएनन् । हामीले देशमा कम्यूनिष्टहरु मिल्नु पर्छ भन्ने सोच बनायौँ । लामो संघर्ष र अभ्यास बाट नेकपा एमाले र माओबादी केन्द्र एक भएका छन् ।’ आजको गठबन्धनले भोली पार्टी एकिकरण गरेर अगाडी बढ्नेमा आशंका नगर्न समेत उनले आग्रह गरे ।

‘हिजो सम्म हामी सानो थियौँ, बिकास निर्माण लगाएतका कामहरुलाई ब्यबस्थित रुपले गर्न सकेनौँ’ उनले भने, ‘राजनितिक सहमति र एकताले अगाडी बढेमा हामीले भबिष्य देख्यौँ र बाम एकताको बाटोमा अगाडी बढ्याँै ।’ जिल्लामा माओबादी केन्द्र बाट बागी उम्मेदवारी दिएको बिषयमा बोल्दै उनले न्याय समग्रमा हुने भएकाले अशंमा नखोज्न आग्रह गरे ।

यस्तै नेकपा एमालेका पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले बाम एकता अहिलेको अपरिहार्य आबश्यकता भएको बताए । उनले देशको समृद्धिका लागी पनि बाम एकता आबश्यक रहेको बताए । साथै, उनले जिल्लावासीको जीवनस्तर उकास्दै देशलाई सुशासन, समृद्धि र जनतालाई सुखी जीवन दिनु नै आफ्नो प्राथमिक भएको बताए ।