११ मंसिर २०८३, शुक्रबार

चुनाव जित्न होइन् स्थायित्वको लागि वाम एकताः भीम रावल

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– टेकराज भण्डारी

अछाम, २१ कात्तिक । नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष एवं अछाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार भीम रावलले संविधानमा लेखिएका अधिकारहरु कार्यान्वयनका लागि वामपन्थी एक भएको बताउनु भएको छ ।

उहाँले वामपन्थी दलहरु चुनाव जित्न मात्र नभई राजनितिक स्थायित्वको लागि एकता भएको बताउनु भयो ।

अछामको मेल्लेख गाउँपालिका वडा नं. ८ मा अगुवा कार्यकर्तासंगको भेटघाटमा पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पछि एमाले र माओवादी पार्टीवीच एकीकरण भएर एकै पाटी हुने दावि गर्नु भयो ।

उहाँले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याएर ५ बर्ष सरकार सञ्चालन गर्ने र राष्ट्रलाई बलियो पार्ने दाबी गर्नु भयो ।

यस्तै अछाम क्षेत्र नं. १ प्रदेश नं. २ का उम्मेवदार झपट बोहराले जनताको जीवनस्तर समृद्धिका लागि वाम गठबनधनलाई जिताउन आग्रह गर्नुभयो । उम्मेवदार बोहराले देशमा श्रोत अभाव नभई सोचको अभावले विकास हुन नसकेको र विकासका लागि वाम गठबन्धन एक भएको बताउनु भयो ।

यस्तै एमाले समानुपातिक उम्मेदावर कृष्ण प्रसाद जैशीले जिल्लाका ग्रामिण स्तरको विकासका लागि बाम गठबन्धन सधै अघि रहेको दावि गर्नु भयो । यस्तै पोलिट ब्यूरो सदस्य एवम् माओवादी केन्द्रका समानुपातिक उम्मेदवार समेत रहेका तारामान स्वारले संयुक्त गठबन्धनले जनतामा आशाको किरण पलाएको र वाम गठबन्धनको जित सुनिश्चित भएको बताउनुभयो ।

यस्तै माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दिपक साउदले अछाममा भीम रावलको नेतृत्वमा भएको वाम गठबन्धन उम्मेवदारले विजय भईसकेको अब घोषणा हुन मात्र बाकि रहेको दावि गर्नु भयो ।

यस्तै समानुपातिक उम्मेवाद मीना साउदले महिलामा हुने हिंसा, अत्याचार र समाजमा रहेको कुरुती कुप्रर्थाको अन्त्यका लागि आफ्नो उम्मेवदारी रहेको बताउनु भयो ।

यस्तै अर्का समानुपनतिक उम्मेवदार जंग विकले समाजमा रहेको जातिय छुवाछुतको अन्त्यका लागि आफ्नो उम्मेवदारी रहेको बताउनु भयो ।

नेकपा एमाले वडा कमिटी अध्यक्ष कालु सिहं साँउदको अध्यक्षतामा आमसभाको स्वागत माओवादि केन्द्रका खम्म साउदले गर्नुभएको थियो भने सञ्चालन एमाले जिल्ला सचिवालय सदस्य हिरेन्ड भट्टराईले गर्नु भएको थियो ।