११ मंसिर २०८३, शुक्रबार

वाम गठबन्धनको घोषणापत्रः सेनाका लागि ल्यायो नयाँ नियम ! मान्ला त जंगी अड्डाले ?

31.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको साझा घोषणापत्र आज सार्वजनिक भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले संयुक्त रुपमा सार्वजनिक गरेको चुनावी घोषणापत्रमा नेपाली सेनाका लागि नयाँ व्यवस्थाको कल्पना गरिएको छ ।

घोषणापत्रको ६ नम्बर बुँदाको समृद्धिका कार्यक्रम अन्तर्गत उद्योग र खनिज क्यागोरीमा सेनासहित सबै सुरक्षा निकायलाई जोड्दै भनिएको छ– ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निजामती कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मी, शिक्षक र विद्यार्थीले प्रयोग गर्ने लत्ताकपडा स्वदेशमै उत्पादन गरिनेछ । सम्पूर्ण नेपाली जनतालाई स्वदेशमै उत्पादित वस्तुको प्रयोग गर्न प्रोत्साहित गरिनेछ ।’

यसले नेपाल र नेपालीलाई आत्मनिर्भर बनाउन मद्दत पुग्ने एमाले नेता सूर्य थापाले बताए । सुरक्षा निकाय, कर्मचारी, चिकित्सक र विद्यार्थीबाटै यसको कार्यान्वयन भयो भने नेपाललाई आत्मनिर्भर बनाउन सकिने गठबन्धनको बुझाई रहेको छ ।

यद्यपी वाम गठबन्धनको यो महत्वाकांक्षी योजनलाई सेनाले कसरी लिने हो त्यो हेर्न बाँकी नै छ ।