काठमाडौं, २१ कात्तिक । निर्वाचन आयोगले पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुने उच्च पहाडी र हिमाली जिल्लामा हेलिकप्टरमार्फत मतपत्र पुर्याएको ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार उच्च पहाडी र हिमाली ३२ जिल्लामा हेलिकप्टरबाट मतपत्र पुर्याइएको छ । यस्तै, अन्य निर्वाचन सामग्रीको ढुवानीका लागि समेत आयोगले हेलिकप्टर प्रयोग गरेको छ ।
आयोगका अनुसार प्रत्यक्ष र समानुपातिक गरी दुवै प्रकारका मतपत्र जिल्ला पठाइसकिएको छ । आयोगले सोमवारसम्म पहिलो चरणमा चुनाव हुने २० जिल्लामा मतपत्र ढुवानी गरिसकेको जनाएको छ ।
बाँकी रहेका १२ जिल्लामा मंगलवार नै सबै मतपत्र ढुवानी गरिनेछ ।











प्रतिक्रिया