५ कार्तिक २०८३, बिहिबार

सिटिजन्स बैंकले ग-यो महोत्तरीमा शाखा विस्तार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरीको औरहीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले औरहीमा ६६ औं शाखाको रुपमा नयाँ शाखा विस्तार गरेको हो ।

संघीयतालाई दह्रो बनाउन र स्थानीय तहबाटै सेवा दिनको लागि बैंकिङ क्षेत्रहरु ७६६ वटै स्थानीय तहमा पुग्नु पर्ने नियमन निकाय र सरकारको चाहनाअनुसार नेपालको बैंकिङ्ग क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल रहेको सिटिजन्स बैंक नयाँ शाखा विस्तार गरेको हो । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले मंगलबार पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका छन् । सो अवसरमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरीका ६६ वटा शाखा, ६२ वटा एटीएम काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै बैंकबाट ग्राहकहरुले रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरुका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले प्रसाद सिंह उच्च माध्यमिक विद्यालयलाई २ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र औरही नगरपालिकाका मेयर सुनिल यादवले संयुक्त रूपमा सो सहयोग हस्तान्तरण गरेका थिए । सो शाखाका इन्चार्ज सन्दिप अधिकारीेले यस क्षेत्रमा कृषिकर्जा, पशु पालन, तथा अन्य व्यवसायिक क्षेत्रमा प्रशस्त लगानी गर्ने बैंकको उदेश्य रहेको जानकारी दिए ।

बैंकले दाङको बंगलाचुलीमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको कुरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले जानकारी दिए ।