काठमाडौँ, २१ कात्तिक । निर्वाचन आयोगको सहमतिमा गृह मन्त्रालयले प्रहरी अधिकृतको बढुवा गर्ने भएको छ । आयोग गृहलाई दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी), पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), पांच प्रहरी नायब उपरीक्षक (डीएसपी) र सात प्रहरी निरीक्षकलगायतको बढुवा गर्न सहमति दिएको छ ।
तीन दिन अघि मन्त्रालयले निर्वाचन आयोगसँग यसबारे माग गरेको थियो । गृहबाट माग भएअनुसार सहमति पठाइएको निर्वाचन आयोगको कानुन महाशाखाका प्रमुख सहसचिव गीता तिमिल्सिनाले बताइन् । खाली ठाउँमा बढुवा गर्न आचारसंहिता नलाग्ने देखेपछि सहमति दिएको निर्वाचन तिमिल्सिनाले जानकारी दिइन् ।
एआईजीमा बढुवा हुनेबित्तिकै खाली रहेका तल्ला दर्जामा समेत स्वाभाविक बढुवा गर्न गृहलाई बाटो खुल्नेछ । डीआईजी नवराज सिलवालले राजीनामा दिएपछि तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवा गर्नुपर्ने हुन्छ ।











प्रतिक्रिया